
पोखरा-लोमान्थाङमा यही भदौ ३० गते शनिबार दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्ने अन्तिम तयारी गरिएको छ । लोमान्थाङ गाँउपाालिकाको आयोजना तथा गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टको सक्रियतामा ४६४५ मिटरको उचाईमा दोस्रो सस्करणको एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरिने छ । कोर्ष मर्मत गर्न पोखरास्थित व्यवसायिक गल्फर भूबहादुर गुरुङ एकसाता अघि नै लोमान्थाङ पुग्ने तयारीमा छन् ।
समुद्रीसहतदेखि ४६४५ मिटर उचाईमा गतवर्ष गल्फ कोर्ष बनाईएको छ । त्यही कोर्षलाई वर्षदिनपछि मर्मत सम्भार गरेर दोस्रो संस्करणको प्रतियोगिता गरिदैं छ । पार ३६ को ९ होल कोर्षमा नेपालका उत्कृष्ठ गल्फरले प्रतियोगिता दोस्रो पटक खेल्न उक्लिने तयारीमा छन् । गल्फकै लागि नेपालका गल्फरहरु अर्को साता लोमान्थाङ पुग्ने छन् । भदौ अन्तिम शनिबार ९ होलको स्टेफल फोर्डको फरम्याटमा प्रतियोगिता खेल्ने गण्डकी प्रदेशका पूर्व सदस्य समेत रहेका विष्टले सुनाए ।
‘होल ईन वान हान्नेलाई पुरस्कार स्वरुप घोडा प्रदान गरिने छ’ विष्टले गतवर्ष झैं आफनो योजना सुनाए–‘७० वर्षमाथिको उमेरका गल्फरलाई सम्मान गरिने छ ।’ गल्फमा हुने होल ईन वानसँगै बेष्ट ग्रस, लङगेष्ट ड्राईभ, होल नजिक प्रहार गर्ने गल्फरलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने छ । ‘लाोमान्थाङको परिचय बदल्ने योजनामा छौ । त्यही अनुसार गल्फको हब बनाउने लक्ष्यलाई साकार रुप दिन यो वर्षपनि प्रतियोगिता गर्दै छौं ।’ गण्डकी प्रदेशका सदस्य समेत रहेका विष्टले भने–‘गल्फले लोमान्थाङको परिचय बदल्ने छ ।’
‘वर्षदिन अघि बनाएको कोर्षमा दोस्रो पटक प्रतियोगिता आयोजनाको तयारी भएकोले एकसाता अघि नै मर्मत गर्नुपर्ने छ । त्यसैले एकसाता अघि नै लोमान्थाङ पुगेर मर्मत सम्भार गरी कोर्ष तयार गर्ने छौं’’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङले भने–‘गतवर्ष मिलाउन नसकिएको होल र ड्राइभ रेन्ज अहिले मिलाईने छ ’ प्रतियोगिता स्टेफल फोर्ड फरम्याट ३/४ ह्याण्डीक्यापमा खेलाईने छ । लोमान्थाङमा हुने प्रतियोगिताले विश्वकै एडभेन्चर गल्फ खेल्ने गल्फरलाई आकर्षण गर्ने उनले दावी गरे ।
गल्फ कोर्ष लोमान्थाङदेखि झण्डै २५ मिनेटको दुरी टाढा पर्छ । प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी स्थानीयबासी लिएका छन् । लोमान्थाङ गाँउपालिकाको आयोजनामा हुने प्रतियोगितालाई विभिन्न संघसंस्थाले सहयोग भूमिका खेलेको छ । प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटी एक्सप्रेस, जर्मन बेकरी, सोल्टी पानी, मुस्ताङस्थित छिम्ले अर्चार्ड प्रालि लगायतले सहयोग गरेका छन् । गतवर्षको प्रतियोगिताको लागि नेपालका ४० जना भन्दा बढी गल्फरहरुले प्रतिस्पर्धा गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…