
पोखरा-नेपाल हक्की संघको दोस्रो अधिवेशनले अनिलप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । उपाध्यक्षमा चार जना चयन गरिएको छ ।
पराराष्ट्र मन्त्री एनपी साउदले शनिबार उदघाटन गरेको अधिवेशनबाट उपाध्यक्षमा गण्डकी प्रदेशबाट हिमाल खड्का सर्वसम्मत भएका हुन् । उनी संघका उपाध्यक्ष समेत रहँदै पहिलो कार्यकाल पुरा गरेका थिए । उनीसँगै उपाध्यक्षहरुमा मनिष झा, राजेन्द्रप्रसाद श्रेष्ठ र भगवती खड्का रहेकी छन् ।
महासचिवमा सुवर्ण श्रेष्ठ, सचिवमा असिम शर्मा र कोषाध्यक्षमा रामेश्वरप्रसाद घिमिरे सर्वसम्मत भएका हुन् । सदस्यहरुमा निज ामुद्धिन सिद्दिकी, पवनकुमार केसी, अन्जु प्रधान श्रेष्ठ, बावुराम साहु, सावित्री रजाली, मिलन केसी, हितकुमार गुरुङ र कान्तुराम पनेरु रहेका छन् । कार्यकाल चारवर्षको हुने छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…