
पोखरा-हिमालयन गल्फ क्लबको यो सेप्टेम्बर महिनाको मन्थ्ली मेडलको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा ईन्जिनियर गुरुङले ३५ स्कोर बनाउँदै उपाधि आफनो नाममा लेखाए ।
३/४ ह्याण्डीक्याप फर्रम्याटमा खेलाईएको प्रतिस्पर्धामा २२ जना पोखरेली गल्फरले प्रतिस्पर्धा गरेका थिए । लेफ्टिेन्टकर्णेल याम राना उपविजेता बने । उनले ३२ स्कोर बनाए । क्याप्टेन हरि राई तेस्रो स्थानमा आए । उनले ३१ स्कोर गरेका थिए ।
ग्रस तर्फको पुरस्कार भने मेजर मदन गुरुङले जिते । उनले २८ स्कोरसहित पुरस्कार प्राप्त गरेका हुन् । पोखराको हिमालयन गल्फ कोर्षमा मासिक रुपमा प्रतियोगिता आयोजना हुदैं आएको छ । पार ६९ को १८ होलमा गल्फरले प्रतिस्पर्धा गरेका थिए । विजेता गल्फरलाई मेजर विजय मोक्तानले ट्रफी प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…