
पोखरा-तदर्थ समिति बनेको दशकपछि कास्की जिल्ला गल्फ संघ गठन गरिएको छ । तदर्थ समिति मार्फत नै गल्फका गतिविधि हुदैं आएपनि आधिकारिक रुपमा कास्की जिल्ला गल्फ संघ भने बल्ल गठन भएको छ । प्रथम अधिवेशन एवं वार्षिक साधारण सभाले जीवाराम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
संघको उपाध्यक्षमा भक्तराज गुरुङ,र बालाकाशी गुरुङ छन् । त्यस्तै सचिवमा प्रज्वल गुरुङ तथा कोषाध्यक्षमा लालबहादुर गुरुङ चयन भएका छन् । सदस्यहरुमा दिपक पहारी, विजय मोक्तान, लिलाजंग गुरुङ र टिका गुरुङ रहेका छन् ।
त्यसैगरी प्रदेश गल्फ संघ गण्डकीको समेत नयाँ कार्यसमिति चयन गरिएको छ ।पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको अधिवेशनले पूर्व प्रदेश सदस्य समेत रहेका इन्द्रधारा विष्टको नेतृत्वमा प्रदेश गल्फ संघ गण्डकीको कार्यसमित चयन गरिएको छ । गल्फर विष्ट दुई वर्ष अघि मात्रै गल्फमा जोडिएका हुन् ।
मुस्ताङको लोवाथाङस्थित ४६४५ मिटरको उचाईमा विष्टकै अगुवाईमा गल्फ कोर्ष बनाइएको छ । ९ होलको कोर्षमा भदौ अन्तिम साता मात्रै दोस्रो संस्करणको उच्च उचाईको गल्फ प्रतियोगिता आयोजना गरिएको थियो । संघको उपाध्यक्ष रमेश गुरुङ र सुनिता राणा, सचिवमा ईन्जिनियर सन्तोष गुरुङ तथा कोषाध्यक्षमा राजु थकाली चयन भएका छन् । सदस्यहरुमा बुद्धिमान गुरुङ(धम्पु), बलराम थापा, जुनी गुरुङ र जुनकाजी गुरुङ रहेका छन् ।
नवनिर्वाचित कास्की जिल्ला गल्फ संघका अध्यक्ष गुरुङले कास्कीको गल्फको विकास र विस्तारको लागि नयाँ कार्ययोजना बनाई अगाडि बढ्ने स्पष्ट पारे । उनले संघको पहिलो दायित्व नै एकेमेडी सञ्चालन गर्ने रहेको बताए । एकेडेमीकै लागि कास्की जिल्ला गल्फ संघले पोखरा रंगशालाभित्र छुट्टाईएको जग्गामा आवश्यक कोर्षसहितको रेन्ज तयार गर्ने काम अघि बढाएको छ । चारैतिर अग्लो पोल गाडेर जाली लगाउने योजना रहेको समेत संघले जनाएको छ ।
अधिवेशनमा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक तथा कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य केशवबहादुर थापाको उपस्थिति रहेको थियो । विशेष उपस्थितिको रुपमा नेपाल गल्फ संघका केन्द्रीय सदस्य भूबहादुर गुरुङ रहेका छन् । गण्डकी प्रदेशमा कास्की र मुस्ताङमा मात्रै गल्फ कोर्ष छन् । हिमालयन गल्फ कोर्ष १८ होलको छ । जहाँ वर्षेनी सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता हुदैं आएको छ । पोखराकै फुलबारी रिर्सोट एण्ड स्पामा पर्यटकलाई मात्रै लक्षित गरी बनाइएको ९ होलको कोर्ष अहिले प्रयोगविहीन अवस्थामा छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…