
पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत सिंगलतर्फ पहिलो चरणको खेल जारी छ । डबल्सतर्फको खेल क्वाटरफाइनल चरणमा पुगेको छ ।
बुधबार ब्वाइज सिंगलतर्पm भएका खेलहरुमा जापानका रुया सासामोतोले भारतका कबिर चोथानीलाई ६–३,६–० ले, नेपालका सक्षम विक्रम शाहले भारतका अधिराज ठाकुरलाई ६–२,६–२ ले, भातरका जासोड डेभिडले भारतकै प्रनिल सर्मालाई ६–१, ६–१ ले, जापानका इप्पी मात्सुसिमाले भारतका सौरिस मोदीलाई ६–१,७–६ ले पराजित गरे । ब्वाइज डबल्सतर्फ नेपालका आयुषमान हजुर घले र भारतका एस पञ्चासरीले भारतका हायाग्रिव अथ्रिया र इशान्त पटराको जोडीलाई ६–२,६–३ ले, भारतका दक्ष कुक्रेटी र अर्नव यादवको जोडीले नेपालका आर्यन गिरी र निहाल जंगबहादुर थापाको जोडीलाई ६–४,६–२ ले पराजित गरे ।
गल्स सिंगलतर्फ जापानकी उता असाकुराले भारतका दिविजा मण्डेनीलाई ७–५,६–० ले, भारतका इशि महेश्वरीले भारतकै सेरी समालाई ६–४,२–६ र ६–२ ले, नेपालका सुनिरा थापाले भारतका सगुन कुमारी सगुनलाई ७–५,५–७ र ७–६ ले, भारतकी रिदी सिण्डेले भारतकै एन्जल पटेललाई ३–६,७–६ र ६–३ ले, थाइल्याडकी पिच छायापक श्रीमुकले भारतका राधा सध्रालाई ७–६,६–४ ले पराजित गरिन् । गल्स डबल्सतर्फ भारतका सिम्रन बण्डेला र अन्वि पुनागाण्टीको जोडीले नेपालका प्रशंसा मोक्तान र थाइल्याण्डकी पिच छायापक श्रीमुकलाई पराजित गर्दै अगाडी बढेका छन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…