
पोखरा-उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष बरियता टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाईनल प्रवेश गरेका छन् । पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित २० औं माछपुच्छ्रे कप टेनिस प्रतियोगिताको सेमिफाईनलमा प्रदीपले भारतीय खेलाडी अभिनंशु बोर ठाकुरलाई पराजित गर्दै फाईनल सुरक्षित गरे । उनले अब उपाधिको लागि संरक्षक भुषण बज्रचार्यसँग खेल्ने छन् ।
पहिलो सेटमा ३–६ ले गुमाएका खड्काले दोस्रो सेट आफनो पक्षमा लिदैं उत्कृष्ट कमब्याक गरे । पहिलो सेटमा आफनो सर्भिस प्वाइन्टलाई भारतीय खेलाडी ठाकुरले ब्रेक गरेपछि खड्का पहिलो सेट गुमाउन पुगे । तर दोस्रो सेटमा भने उनले कमब्याक गरी छाडे । ६–२ ले सेट लिदैं खेललाई निर्णायक सेटमा पु¥याए ।
फोरह्याण्डमा निकै अब्बल रहेका ठाकुरको व्याकह्याण्ड भने केही कमजोर देखिएका थिए । त्यसको फाईदा उठाउँदै खड्काले दोस्रो सेट सहजै लिए । अन्तिम सेटमा खड्का १–२ को अवस्थाबाट अगाडि बढे । आफनो सर्भिसमा प्वाईन्ट जोड्दै निकै संघर्षपूर्ण अवस्थामा रहे । ४–४ को बराबरी सेटमा खेलिरहँदा खड्काले ठाकुरको सर्भिस प्वाइन्ट ब्रेक गर्दै ५–४ को अवस्थामा पु¥याए । म्याच प्वाईन्ट सेटमा उनले आफनो सर्भिसलाई ब्रेक गर्दै ६–४ मा लिदैं जितको खुशी मनाए ।
अर्को सेमिफाईनलमा संरक्षक भुषण बज्रचार्यले रितिक राना(बुटवल)लाई ६–२, ६–३ को सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । महिला तर्फको प्रतिस्पर्धामा सोनिरा थापाले उपाधिको लागि अभिलाष विष्टसँग खेल्ने छिन् । थापाले रायना शाहलाई ६–३, ६–७ र ७–५ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् ।
महिला तर्फकै दोस्रो सेमिफाईनलमा अभिलाषा विष्टले महिका राणालाई ६–३, ४–६ र ६–१ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरिन् । महिला तथा पुरुष च्याम्पियनले नगद ८० हजार प्राप्त गर्ने छन् । उपविजेता महिला तथा पुरुषले ४० हजार प्राप्त गर्ने छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल आईतबार पोखरा रंगशाला टेनिस कोर्टमा हुने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…