
पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित वर्षको क्लब गल्फ च्याम्पियनको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा ग्रस तर्फ ७ ओभर ७६ खेल्दै उपाधि जिते । उनको ह्याण्डी क्याप ९ हो । प्रतियोगिता स्ट्रोक प्लेको आधारमा खेलाईएको थियो ।
नेट तर्फको उपाधि क्याप्टेन हरि राईले जिते । उनले ४ अण्डर ६५ को स्कोर बनाउँदै उपाधि जिते । उपविजेता भने इन्सपेक्टर जीवाराम गुरुङ भए । उनले ७१ को कार्ड बनाए । तेस्रो स्थानमा क्याप्टेन बद्री राई भए । उनले ४ ओभर ७३ को स्कोर बनाए ।

सन २०२३ को ओभरअल विजेता पनि इन्जिनियर सन्तोष गुरुङ भए । उनले एक वर्षको अवधि कुल ३१ अंक जोेडेका थिए । उपविजेता भने क्याप्टेन गणेश गुरुङ भएका थिए । उनले २२ अंकका जोडेका थिए । एएसपी भक्तराज गुरुङले होलको नजिक हिर्काउँदै पुरस्कार थापे भने इन्स्पेक्टर जीवाराम गुरुङले लङगेष्ट ड्राईभको पुरस्कार थापे । कुल १८ जना क्लबका सस्दय गल्फरको सहभागिता रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…