बुधबारदेखि सुर्य नेपाल वेष्टर्न ओपन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ८ गते २०८० मा प्रकाशित


पोखरा-सुर्य नेपालको सिजनको चौथो प्रतियोगिता सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शुरु हुदंै छ । गत महिना मात्रै सुर्य नेपालको इष्टर्न ओपन च्याम्पियनसिप सकिएको थियो । सिजनको चौथो प्रतियोगिता वेष्टर्न ओपनमा ३५ जना व्यवसायिक गल्फरले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । उपाधिको लागि सेन्ट्रल ओपन विजेता सदभाव आचार्य सहितका गल्फरले प्रतिस्पर्धा गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो

नेपाल व्यवसायिक गल्फर संघका महासचिव दिपक आचार्यका अनुसार प्रतियोगितामा ३५ जना व्यवसायिक र १५ जना एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने छन् । पार ६९ को कोर्षमा ५४ होल प्रतिस्पर्धा गर्ने छन् । तीन दिन व्यवसायिक प्रतिस्पर्धाृ हुदाँ शनिबार भने व्यवसायिक र एमेच्योरको प्रतिस्पर्धा एकैसाथ हुने छ । पहिलो र दोस्रो दिनका प्रतिस्पर्धाले कट बनाउने २१ जना गल्फरले तेस्रो दिनको फाईनलमा प्रतिस्पर्धा गर्न पाउने छन् । कट जोगाउन नसक्ने गल्फर भने फाईनल प्रतिस्पर्धाबाट बन्चित हुने उनको भनाई थियो ।

विश्वकै उत्कृष्ठ नमूना गल्फ कोर्षको पाँचौ स्थानमा आउने हिमालयन गल्फ कोर्षमा व्यवसायिक प्रतिस्पर्धा भने सुर्य नेपाल वेष्टर्न ओपन मात्रै हो । बाह्रखरीले समेत पोखरामा प्रतियोगिता आयोजना गर्दै आएको छ । कोर्षृमा वर्षेनी क्लब च्याम्पियनसिप र मन्थ्ली मेडल आयोजना हुदै आएको छ ।

सुर्य नेपाल वेष्टर्न ओपन विजेताले नगद १ लाख ४० हजार रुपैयाँ पाउने छन् । दोस्रो हुने गल्फरले ९६ हजार र तेस्रो हुने गल्फरले ७२ हजार रुपैयाँ पुरस्का पाउने छन् । हिमालयन गल्फ कोर्षमा शिवराम श्रेष्ठको रेकर्ड छ । उनले पार ७० को कोर्ष हुदाँ सन २०१७ मा ९ अण्डर २०१ को कार्ड बनाउँदै रेकर्डसहित उपाधि जितेका थिए ।