
हिमालयन गल्फ कोर्ष । तस्बिर फाईल
पोखरा-भुवन नगरकोटीले सुर्य नेपाल वेष्र्टन ओपनको पहिलो दिन बुधबार शीर्षता कायम गरेका छन् । उनले एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् ।
पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शुरु भएको सुर्य नेपाल वेष्टर्न ओपनमा नगरकोटीले ३ अण्डर ६६ को कार्ड बनाउँदै अग्रता लिएका हुन् । उनले फ्रष्ट नाईनमा एक अण्डर ३३ र व्याक नाईनमा दुई अण्डर ३३ को कार्ड बनाए । उनले दोस्रो होलमा हानेको बर्डी नै पहिलो बर्डी थियो । अन्य होलमा भने उनले लेभल पार खेल्दै उत्कृष्ट शुरवात गरेका थिए । व्याक नाईनमा ११ औं होलमा बर्डी हिर्काएका उनले १२ औं होलमा बोगी खेप्दै अगाडि बढे । १५ औं र १८ औं होलमा बर्डी खेल्दै व्याक नाईन दुई अण्डर ३३ मा टुग्याएका थिए ।
नगरकोटीलाई पछ्याउँदै एमेच्योर सदभाव आचार्यले दुई अण्डर ६७ को कार्ड बनाएका छन् । आचार्यले दोस्रो होलमा बर्डी हिर्काए भने अन्य फ्रन्ट नाईनका होल लेभल पार खेले । व्याक नाईनमा पनि उनल एक अण्डर खेल्दै ६७ को कार्ड बनाउँदै नगरकोटीलाई पछ्याईरहेका छन् । रवि खड्का र निरज तामाङ लेभल पार ६९ को स्कोरसँगै तेस्राृ र चौथो स्थानमा छन् ।
आर्मी गल्फ क्लबका धनबहादुर थापा भने एक ओभर ७० को स्कोरमा छन् । त्यस्तै दिपक आचार्यले दुई ओभर ७१, उनीसँगै टंकबहादुर कार्की समान स्कोरसहित छैटौं र सातौं स्थानमा छन् । बलबहादुर राई भुवनकुमार रोका, दिपक मगर, दिनेश प्रजापति, सुन्दर राई(एमेच्योर) तीन ओभर ७२ को समान स्कोरमा छन् । पोखरेली गल्फर भूबहादर गुरुङ भने पाँच ओभर ७४ को कार्ड बनाउँदै पहिलो दिन नवौ स्थानमा रहँदै १८ होल टुग्याएका छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…