
पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा बिहीबार व्यवसायिक गल्फर भुवन नगरकोटीले कीर्तिमान बनाएका छन् । उनले सुर्य नेपाल वेष्र्टन ओपन गल्फको बिहीबार ७ अण्डर ६२ को कार्ड बनाउँदै कोर्षमा नयाँ कीर्तिमान बनाएका हुन् । यस अघि सन २०१७ पार ७० को कोर्ष हुदाँ शिवराम श्रेष्ठले ६ अण्डर ६४ खेल्दै कोर्ष रेकर्ड बनाएका थिए । नगरकोटीले त्यतिमात्रै नभई शिवराम श्रेष्ठले कुल ९ अण्डर २०१ को कीर्तिमानलाई समेत तोडेका छन् । नगरकोटीले दोस्रो दिन ३६ होल समाप्ती हुदाँ १० अण्डर १२८ को कार्ड बनाउँदै रेकर्डसहित शीर्षस्थानमा यथावत छन् ।
एमेच्योर गल्फर विदुर थापा मगरले पनि पार ६९ को हिमालयन गल्फ कोर्षमा कीर्तिमान लेखाएका छन् । उनले पहिलो दिन होल वान हिर्काए भने दोस्रो दिन पनि होल नं ७ मा होल ईन वान हिर्काउँदै रेकर्ड बनाएका हुन् । एकै प्रतियोगितामा दोहोरो होल ईन वान हान्ने उनी पहिलो गल्फर समेत हुन् । सातौं नम्बरको होल पार ३ को थियो ।
नगरकोटीेले बिहीबार पहिलो होलमा बर्डीबाट खेल शुरुवात गरे । चौथो होलमा पनि बर्डी हिर्काउँदै लयमा देखिएका उनले नवौं होलमा बर्डी हिर्काउँदै फ्रन्ट नाईनलाई ३ अण्डर ३१ मा टूग्याएका थिए । व्याक नाईनमा पनि उनको लय उत्कृष्ठ नै रह्यो । ११ औं,१४ औं, १५ औं र १८ औ होलमा बर्डी हिर्काउँदै उनले सात अण्डर ६२ खेल्दै कोर्ष रेकर्ड बनाए ।
३६होल समाप्ती हुदाँ एक ओभरसहित रवि खड्का दोस्रो स्थानमा उक्लिएका छन् । पहिलो दिन इभन पार खेल्दै राम्रो शुरुवात गरेका खड्काले दोस्रो दिन भने एक ओभर ७० को कार्ड बनाउँदै समग्रमा एक ओभर १३९ स्कोरमा छन् । उनलाई एमेच्योर गल्फर सदभाव आचार्यले पछ्याईरहेका छन् । आचार्य र खड्का एक ओभर १३९ स्कोरसहित टाईमा छन् । सदभावले दोस्रो दिन तीन ओभर ७२ को कार्डमा टुग्याउँदा खड्कासँग टाई हुन पुगेका थिए ।
निरज तामाङ चार ओभर १४२,दोस्रो दिन इभन पार खेलेका प्रदीपकुमार लामा र दिपक मगर समान ६ अण्डर १४४ स्कोरमा छन् । पहिलो र दोस्रो दिनको नजिता अनुसार २५ गल्फरले कट जोगाएका छन् । उनीहरुले अन्तिम शुक्रबार फाईनल प्रतिस्पर्धा गर्ने छन् । जयराम श्रेष्ठ, शिवराम पौडेल, दलबहादुर लामा, बलबहादुर राई र सुन्दर राई समान छैटौं स्थान बाँडेका छन् । उनीहरुले ७ आण्डर १४५ को कार्ड बनाएका छन् । भूबहादुर गुरुङ ले १४६ को कार्डसहित भुवनकुमार रोकासँग टाईमा छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…