
पोखरा-आगामी चैतको पहिलो साता पोखरामा बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता हुदैं छ । बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको यो दोस्रो पटक हो । यस अघि पनि पोखरामै कर्पोरेट गल्फ आयोजना गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपेको छ ।
चैत १ गतदेखि ३ गतेसम्म विभिन्न कार्यक्रमसँगै कर्पोरेट गल्फ आयोजना गर्ने बाह्रखरी मिििडयाले जनाएको छ । एनसेलले मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजक बीवाईडी रहेको छ ।
गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदै छ । पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका रूपमा जोडिएका छन् ।
चैत १ गते पोखराको हलनचोकदेखि विजयपुर– मझेरीपाटनसम्म साइकल ¥याली आयोजना गरिनेछ । यसको प्रमुख उद्देश्य पोखरालाई पर्यटकीय राजधानीका रूपमा राष्ट्रिय पहिचान दिलाउन चेतना जगाउनु रहेको छ । चैत २ गते नै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका मेयर आचार्यले कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि र सम्पादक एवं वरिष्ठ पत्रकारहरूसँग गण्डकी प्रदेश तथा पोखरा महानगरको विकास र भविष्यका सम्भावनाका विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।
चैत ३ गते बिहान हिमालयन गल्फकोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गल्फमा टी अफ गरेर प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । देशभरबाट पोखरामा भेला भएका करिब १२० कर्पोरेट गल्फका सहभागी चैत २ र ३ गते दुई दिन गल्फ प्रतियोगितामा प्रतिस्पर्धामा व्यस्त रहनेछन् ।
प्रतियोगिताको विजेता गल्फरले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…