
पोखरा-सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो(एमको उपाधि प्रोफेसनल सञ्जीब बहादुर नेपालीको टिमले जितेको छ।पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीबले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, बलराम थापाले ३८ र रबिन्द्र तिवारीले ३७ अंक जोडे।
प्रो निरज तामाङको टिमले १ सय ४१ स्कोर सहित दोस्रो स्थान प्राप्त गर्यो। प्रो निरजले ३४ स्कोर गर्दा एमेच्योरहरू १३ वर्षका ड्यानियल बानियाँले र मिलन यखाले समान ३६र३६ र अनिल सिन्हाले ३५ अंक दर्ज गरे। प्रो सूर्य प्रसाद शर्माको टिम १ सय ३३ को कुल स्कोरमा तेस्रो भयो। प्रो सुर्यले ३३ तथा एमेच्योरहरू सुष्मा सिंहले ३३, श्याम तामाङले ३५ र जीवाराम गुरूङले ३२ अंक बटुले।
महिलातर्फ सुष्मा सिंहले उत्कृष्ट स्कोर गरिन। उनले ३३ अंकमा खेल पुरा गरिन। प्रतियोगितामा कृष्ण गुरूङले लङगेस्ट ड्राइभ र श्री राम थापाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते। प्रो(एममा १९ प्रोफेसनल र ७६ एमेच्योर गरी कुल ९५ गल्फरले सहभागीता रहेको थियो। विजयी खेलाडीहरुलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा बिष्ट, हिमालयन गल्फ क्लबका निर्देशक किरण केसी,कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरूङ र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बाले पुरस्कार वितरण गरे।
हिजो सम्पन्न सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि रेकर्ड स्कोर सहित भुवन नगरकोटीले जितेका थिए। रवि खड्का दोस्रो र निरज तामाङ तेश्रो भएका थिए। एमेच्योरतर्फ सदभाव आचार्यले उपाधि जित्दा प्रज्वल गुरूङ दोस्रो भएका थिए। ८ लाख ४० हजार कूल पुरस्कार राशि रहेको सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहेको थियो।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…