पोखरा-हिमालयन गल्फ क्लबमा आईतबार आयोजित क्याडी गल्फ प्रतियोगिताको ग्रस तर्फको उपाधि गोविन्द विकले जितेका छन् । उनले स्ट्रोक प्ले फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा ७१ स्कोरसहित उपाधि जित्न सफल भए । विजेता उनले नगद ५ हजार प्राप्त गरे ।
गोर्खा हिल युके(चन्द्र गुरुङ तथा परिवार) को मुख्य प्रायोजन रहेको गोर्खा हिल युके वार्षिक गल्फ प्रतियोगितामा ग्रस तर्फ सन्सार वि.क (७६ स्कोर) र तेस्रो स्थानमा सन्जय परियार(७९ स्कोर)ले जिते ।
त्यसैगरी नेट तर्फको पुरस्कार विपिन विकले जितेका छन् । उनले पार ६९ को कोर्षमा ६७ स्कोर कार्डसहित पुरस्कार थापे । सन्दीप विक(७५ स्कोर)सहित दोस्रो र अनिल विक(७७ स्कोर)सहित तेस्रो स्थानमा आए ।
ग्रस तर्फको यु १४ को पुरस्कार रोहित विक र उपविजेता भने आयुष विक भए । यु १४ लाई ९ होलको प्रतिस्पर्धा गराईएको थियो । लङ गेष्ट ड्राईभ हान्दै विश्व विकले पुरस्कार थापे भने होल नजिक प्रहार गर्ने गल्फर सुदीप सुनार भए । विजेता गल्फरहरुलाई मुख्य प्रायोजक चन्द गुरुङ , उनको धर्मपत्नी सान्ता गुरुङ, भावी गुरुङ, धनमाया गुरुङ पुरस्कार प्रदान गरेका थिए ।
विकास गुरुङ र सुमिना गुरुङले पुरस्कार विजेता बाहेक अन्य सहभागि गल्फरलाई नगद ५ सय रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरेकी थिईन् । प्रतियोगितामा दुई इभेण्टमा ३४ जना युवा क्याडी गल्फरको सहभागिता रहेको थियो । मुख्य प्रायोजक गोर्खा हिल युकेका प्रोपाईटर चन्द्र गुरुङ तथा परिवारले वर्षेनी क्याडी गल्फ प्रतियोगिता गर्ने प्रतिबद्धता जनाएका छन् ।