
पोखरा-पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा आयोजिन मार्चको मन्थ्ली मेडल गल्फ प्रतियोगिताको उपाधि कमल सुवेदीले जितेका छन् ।
शनिबार भएको ३रु४ ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा सन्देश सिग्देल उपविजेता बने । २२ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
विजेता गल्फरलाई जिजिएस युकेका उपाध्यक्ष गीताजंग गुरुङले पुरस्कार प्रदान गरेका थिए । उनी पनि पाहुना तर्फको विजेता बन्न सफल भएका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…