
पोखरा-पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित हिमालयन गल्फ क्लब मन्थ्ली मेडलको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । शनिबार १८ होलको पार ६९ कोर्षमा भक्तराजले ४४ अंकसहित मे महिनाको मन्थ्ली मेडल आफनो नाममा लेखाए । उनले लगातार दोस्रो पटक मन्थ्ली मेडलको उपाधि आफनो नाममा लेखाएका हुन् ।
फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा सन्देश सिग्देल उपविजेता बने । उनले ३७ स्कोर गरेका थिए । ग्रस तर्फको उपाधि इन्सपेक्टर जीवाराम गुरुङले जिते । विजेताहरुलाई व्रिटिस क्याम्प पोखराका मेजर डेविड कार्टरले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा २४ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…