
पोखरा –यही जेठको अन्तिम साता आयोजने हुने विद्यालयस्तरीय यु १५ विद्यालय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट खेलाडी छनोट गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनोट गरिएको छ । राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यहि जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ ।
एथलेटिक्स- एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट भएका छन् । एथलेटिक्स खेलाडीहरुमा राज गुरुङ लमजुङ, स्पिन पौडेल पर्वत, गणेश श्रेष्ठ पर्वत, अभिशेष थनेट नवलपुर, अंकित रानाभाट तनहुँ र सुशन बोटे नवलपुर रहेका छन् ।
त्यसै गरी छात्रातर्फ कन्चन भण्डारी म्याग्दी, सुजाता कुमाल कास्की, जुना सरु मगर स्याङजा, अञ्जली अधिकारी कास्की, अनुस्का अधिकारी कास्की र आरती बिक नवलपुर रहेका छन् ।
बास्केटबल- राष्ट्रिय यू–१५ विद्यालयस्तरीय प्रतियोगिताका लागि छात्रतर्फ १० र छात्रातर्फ १० गरी २० खेलाडी छनौट भएका छन् । छनौट भएका छात्रतर्फ हिराजङ घले, अविनाश पुर्जा, सुयोग बाँनिया, रिदम खाँड, प्रशान्त तिमिल्सिना, शौभाग्य पुन, विजन घले, आशिष पुन, सज्जन तिलिजा र लेनिश मल्ल रहेका छन् । त्यसै गरी छात्रातर्फ सरगम केसी, जेनिशा पाण्डे, जेनियम श्रेष्ठ, आवृती बराल, क्यारोल श्रेष्ठ, इशिता श्रेष्ठ, आकृती गुरुङ, रिमा सिञ्जाली मगर, स्नेहा श्रेष्ठ र एलिशा गुरुङ रहेका छन् ।
ब्याडमिन्टन-प्रतियोगिता अन्तर्गत नै भएको ब्याडमिन्टन छात्र÷छात्रातर्फ ४–४ जना गरी कुल ८ खेलाडी छनौट भएका छन् । छात्र व्यामिन्टनतर्फ सफल श्रेष्ठ तनहुँ अमृत थापा कास्की, गेजराज कार्की कास्की र नेल्सन गुरुङ तनहुँ रहेका छन् भने बैकल्पिक खेलाडीमा सक्षम गुरुङ लमजुङ रहेका छन् ।
त्यसै गरी छात्रातर्फ दिलाशा राना तनहुँ, शेरेन प्रधानाङ्ग कास्की, खुसी दाहाल कास्की, समृद्धि श्रेष्ठ गोरखा र बैकल्पिक खेलाडीमा प्रतिक्षा शर्मा कास्की रहेका छन् ।
बुद्धिचाल-राष्ट्रिय यू–१५ विद्यालयस्तरीय प्रतियोगिताका लागि छात्रतर्फ ४ र छात्रातर्फ ४ गरी कुल ८ खेलाडी छनौट भएका छन् । छनौट भएका खेलाडी छात्रतर्फ विद्यान श्रेष्ठ ९स्याङजा०, सवृश श्रेष्ठ तनहुँ, खुसीराज सिउथाना कास्की र कुशल रम्तेल गोरखा रहेका छन् भने छात्रातर्फ खसी आचार्य कास्की, उज्विनी कँडेल नवलपुर, आयूषा क्षेत्री स्याङजा र विनिता गुरुङ कास्की रहेका छन् ।