
पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा दुईदिनसम्म भएको अन्तर जिल्ला स्तरीय हक्की प्रतियोगिताको उपाधी कास्की जिल्लाले जितेको छ । पोखराको रामवजार स्थित भारतीय पेन्सन क्याम्पको मैदानमा शनिवार भएको फाईनलमा वागलुङ्लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधी रक्षा गरेको हो ।
गत वर्ष भएको हक्की प्रतियोगितामा पनि कास्कीले तनहूँलाई पराजित गर्दै उपाधी जितेको थियो । दोस्रो खेलमा स्याङ्जाले तनहूँलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्यो । विजेता कास्कीले नगद २० हजार, उपविजेता वागलुङ्ले १५ हजार र सह विजेता स्याङजाले १० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेता तथा उपविजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि भारतीय पेन्सन क्याम्पसका चिकित्सक मेजर डाक्टर आश्विन नारायणकार, नेपाल भारत मैत्री विद्यालयका प्रिन्सिपल मिथुन जय सहायक प्रिन्सिपल अशोक गुरुङ, नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हितकुमार गुरुङ, केन्द्रीय सदस्य मिलन केसी, पुर्व हक्की खेलाडी तिलकबहादुर केसी, जिल्ला सदस्य क्या। राजु थापा, सु। धनसिंह गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य सदस्य ऋषिराम गौतम, लगायतले पुरस्कार वितरण गरेका थिए ।
गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले १० औं राष्ट्रिय खेलकुदको पुर्व तयारी स्वरुप यो प्रतियोगिताको आयोजना गरिएको बताएका थिए । आयोजकका अनुसार यो प्रतियोगितामा सहभागि सबै जिल्लाका उत्कृष्ट खेलाडी छनौट गरेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको टीम निर्माण गरिनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…