
पोखरा-पोखरामा पछिल्लो समय हक्कीको गतिविधि बढेको छ । नियमित प्रशिक्षण हुदैं आएको छ । प्रतियोगिता पनि निरन्तर छ । प्रदेश खेलकुद परिषद गण्डकीकै आयोजनामा दुई दिन अघि मात्रै गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिता सम्पन्न भईसकेको छ । पोखरामा यही असारको १० गतेदेखि राष्ट्रिय पुरुष हक्की प्रतियोगिता हुदैं छ । शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको स्मृती राष्ट्रिय पुरुष हक्कि प्रतियोगीताको पाचौ संस्करणको आवश्यक तयारी पुरा भएको छ । प्रतियोगिता असार १० गते देखी १२ गतेसम्म पोखरा रंगशाला स्थित कभर्ड हलमा संचालन हुने छ ।
प्रतियोगितामा सात प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लव एवं नेपाल प्रहरिको टिम समेत गरी ९ टिमको सहभागीता रहने आयोजक नेपाल हक्की संघका केन्द्रिय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए । यस अघिका चार संस्करण कोशी प्रदेशमा सम्पन्न गरिएको थियो । पाँचौ संस्करण पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलभित्र खेलाइने छ ।
प्रतियोगिताका प्रथम विजेता टिमले नगद ५० हजार, द्वितीयले ३० हजार र तृतीय ले १५ हजार रुपैयाँसहित शिल्ड, पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोल रक्ष , उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता लगायत ७ विधामा नगदद्वारा सम्मान गरिने छ । राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाल हक्की संघद्वारा आयोजना हुने प्रतियोगितामा प्रदेश खेलकुद परिषद गण्डकीको समेत सहयोग रहेको छ।
दुई दिन अघि मात्रै प्रदेश खेलकुद परिषद गण्डकी को आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यावस्थापनमा गण्डकी प्रदेशस्तरीय प्रतियोगीता सम्पन्न भएको छ ।जेठमा पोखरा महानगर खेलकुद विकास समितिले समेत विद्यालय स्तरीय हक्की प्रतियोगिता आयोजना गरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…