
पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा आयोजित जुलाई महिनाको मन्थ्ली मेडल क्याप्टेन गणेशकुमार गुरुङ ले जितेका छन् । शनिबार पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा नेट तर्फ उनले उपाधिको लागि ३८ स्कोर गरे ।

सन्तोष उपविजेतामा चित्त बुझाए ।इन्जियिनर सन्तोष गुरुङ ले काउन्ट व्याकमा इन्स्पेक्टर लिलाजंग गुरुङ पराजित गर्दै उपविजेता बने । दुवैले स्कोर ३३ बनाएका थिए ।

पाहुना तर्फका उपाधि अमिन थापाले जिते । ग्रस तर्फको उपाधि भने कास्की जिल्ला गल्फ संघका अध्यक्ष समेत रहेका गल्फर जीवाराम गुरुङ ले जिते । प्रतियोगितामा २४ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ जिडब्लुएस लम्जुङका सिनियर अफिसर सुवास घले लगायतले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…