
पोखरा-तेस्रो संस्करणको उच्च उचाईमा आयोजित गल्फको उपाधि पुरुष तर्फ इन्द्रधारा विष्ट र महिला तर्फ बालकासी गुरुङले जितेकी छन् । ९ होलको उपल्लो मुस्ताङको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा विष्टले ३ अण्डर २१ को कार्डसहित च्याम्पियन बने । तीन वर्ष अघि मात्रै पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा गल्फ खेल्न शुरु गरेका विष्टले आफनै भूमीमा उपाधि उचाल्दै इतिहास बनाए ।
स्टेबल फोर्डमा खेलिएको प्रतिस्पर्धामा महिला तर्फ ५ अण्डर २३ को कार्ड बनाउँदै उपाधि आफनो नाममा लेखाईन् । ४ हजार ६ सय ४५ मिटरको उचाईमा अवस्थित गल्फ कोर्षमा विगत तीन वर्षदेखि गल्फ प्रतियोगिता हुदैं आएको छ । खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तत्कालिन गण्डकी प्रदेशका पूर्व सदस्य समेत रहेका विष्टकै पहलमा कोर्ष निर्माण गरिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…