
पोखरा-अगष्ट महिनाको मन्थ्ली मेडल गल्फको उपाधि कमल सुवेदीले जितेका छन् । उनले पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा ७१ स्कोरसहित उपाधि जित्न सफल भए । पार ६९ को कोर्षमा उनले क्याप्टेन बद्री राईलाई एक स्कोरले पछि पार्दै नेट तर्फको उपाधि आफनो बनाए ।

ग्रस तर्फको प्रतिस्पर्धामा प्रज्वल गुरुङ ले जिते । उनले ७५ स्कोर गरे । लङगेष्ट ड्राईभको पुरस्कार एएसपी भक्तराज गुरुङले जित्दा होल नजिक हिर्काउँदै प्रज्वल गुरुङ ले व्यक्तिगत पुरस्कार थापे ।

स्ट्रोक प्लेमा खेलाईएको प्रतिस्पर्धामा २५ जना गल्फरले सहभागिता जनाएका थिए । उनीहरुलाई कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ र एएसपी लिलाजंग गुरुङले वितरण गरेका थिए । गत महिनाको मन्थ्ली मेडल विजेता क्याप्टेन गणेश गुरुङले पनि पुरस्कार थापे ।



पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…