
पोखरा-नेपाल प्रिमियर लिग अन्तर्गतको महत्वपूर्ण फ्रेन्चाईज टोली पोखरा एभेन्जर्सले पोखरा क्रिकेट मैदानमा शनिबारदेखि ट्यालेन्ट हन्ट शुरु गरेको छ । ट्यालेन्ट हन्टबाट गण्डकी हिरोज छनोट गरिने छ । जुन भविष्यमा गण्डकी प्रदेशको छुट्टै क्रिकेट टोली बन्ने छ । पोखरा एभेन्जर्सका व्यवस्थापक किरण भट्टराईका अनुसार गण्डकी हिरोज भविष्यमा विभागीय टोली जस्तै रहने गरी टोली निर्माण गर्ने लक्ष्य छ ।
गण्डकी हिरोजसँगै पोखरा एभेन्जर्सले आईकोनिक प्लयेर छनोट गर्ने छ । जुन छनोट भएको खेलाडी पोखरा एभेन्जर्सको टोलीमा समावेश हुने छ । साथै गण्डकी हिरोज अन्तर्गत चारजना खेलाडीलाई पोखरा एभेन्जर्सको टोलीको क्याम्पमा राखिने उनको भनाई छ । छनोट गरिएको चार जना खेलाडी पोखरा एभेन्जर्सको टोलीसँगै क्याम्पमा बसेर प्रशिक्षण लिने छन् । ट्यालेन्ट हन्टमा कार्यक्रममा विभिन्न जिल्लाबाट खेलाडीहरुको सहभागिता रहेको छ ।
नेपाल प्रिमियर लिग खेल्ने ८ टोली मध्ये पोखरा एभेन्जर्स एक महत्वपूर्ण टोली हो । टोलीमा समावेश भएका अधिकाशं खेलाडीहरु पोखरा आएका छन् । कप्तान कुशल भुर्तेलसहितको टोलीले प्रशिक्षण समेत शुरु गरेको छ । केही दिन अघि मात्रै दक्षिण अफ्रिकी टोलीका पूर्व सदस्य जोन्टी रोड्सलाई पोखरामा स्वागत गर्दै उनको सम्मानमा पोखरा नगरपरिक्रममा समेत गरिएको थियो । रोड्स पोखरा एभेन्जर्सका सल्लाहकार एवं कन्सल्ट्यान्ट समेत हुन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…