
पोखरा-यही नोभेम्बर २० देखि २३ तारिखसम्म बहराईनमा सञ्चालन हुने डेविस कप टेनिसको लागि पोखराका अभिषेषक बास्तोला प्रस्थान गरेका छन् । उनलाई एक समारोह बीच विदाई गरिएको हो । हराइनमा उनलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, बुवा अनुजकुमार बाँस्तोला र आमा पदमा बाँस्तोलाले पोखरा क्षेत्रिय विमानस्थलबाट बिदाई गरेका हुन् । आगामी नोभेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ नेपालबाट अभिषेकसँगै प्रदिप खड्का, प्रणव खनाल,, प्रणव मानन्धर र रीतिक राणाले प्रतिस्पर्धा गर्नेछन् ।
एसिया ओसियाना अन्तर्गतका १५ राष्ट्रले सो प्रतियोगितामा भाग लिनेछन् । ३–३ राष्ट्रका ५ समूहका विजेताहरू बीच चरणबद्ध रुपमा प्रतिस्पर्धा गराइनेछ । नेपाली टोलीको प्रशिक्षकमा सन्तोष खत्री तथा टिम व्यवस्थापकमा गोपाल ज्ञवाली रहेको नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले जानकारी दिए ।
त्यसैगरी महिलातर्फ नोभेम्बर २५ देखि ३० तारिखसम्म बहराइनमै हुने बिलीजन कपमा भाग लिन नेपाली खेलाडीहरु अभिलाषा बिष्ट, सुनिरा थापा, स्वस्तिका बिष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धर पनि त्यसतर्फ प्रस्थान गर्नेछन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…