मन्थ्ली मेडल थापालाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १६ गते २०८१ मा प्रकाशित


पोखरा- हिमालयन गल्फ क्लबले मासिक रुपमा आयोजना गर्ने मन्थ्ली मेडल गल्फ प्रतिस्पर्धामा नोभेम्बरको गल्फ मेडल गल्फर बलराम थापाले जितेका छन् । स्ट्रोक प्ले खेलाईएको खेलमा थापाले ७० स्कोरसहित उपाधि जिते ।

त्यसैगरी मेजर लक्ष्मीप्रसाद गुरुङ एक स्ट्रोकले पछि पर्दै उपविजेतामा चित्त बुझाए । मन्थ्ली मेडलमा २३ जना गल्फरको सहभागिता रहेको थियो । कास्की जिल्ला गल्फ संघका पूर्व सचिव ई.गोविन्द गौचनले पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा गत महिनाका विजेता जीवाराम गुरुङलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।