सोमबारदेखि आईटिएफ वर्ल्ड टेनिस टुर जे ३०

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १६ गते २०८१ मा प्रकाशित


पोखरा-पोखरा रंगशालाभित्र ६ वटा क्ले कोर्ट छन् । त्यही छ वटा क्ले कोर्टमा वर्षेनी आईटीएफ वल्र्ड टेनिस टुर हुदैं आएको छ । सोमबारदेखि पोखरामा जे—३० को पोखरा सर्किट १ र २ हुदैं । वर्षेनी आयोजना हुने यो प्रतियोगितामा सहभागि टेनिस खेलाडीको संख्या घट्दै गएको छ । कुनैबेला २५ देशका दुईसय भन्दा बढी खेलाडी पोखराको टेनिस कोर्टमा ¥याङकिङको लागि प्रतिस्पर्धा गरेका थिए । ६ वर्षयता सोमबारदेखि शुरु हुने प्रतिस्पर्धामा केवल ७ देशका १०५ जना महिला तथा पुरुष टेनिस खेलाडीको सहभागिता रहने छ । कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा हुने प्रतिस्पर्धामा सहभागि जनाउने खेलाडीहरु पोखरा आईसकेका छन् ।

संघले ६ वर्षदेखि एउटै प्रतियोगितालाई निरन्तरता दिदैं आएको छ । अझ माथिल्लोस्तरको प्रतिस्पर्धा गराउने पूर्वाधार नभएको गुनासो कास्की जिल्ला टेनिस संघले गर्दै आएको छ । जे ३० मात्रै नभई पूर्वाधार भए जे ६० हुदैं जे १०० सम्मको प्रतिस्पर्धा गराउन सक्षम हुने विश्वास व्यक्त गर्दै संघका अध्यक्ष राजकुमार गुरुङले पूर्वाधारको लागि आवश्यक जग्गा उपलब्ध गराईदिए संघले पूर्वाधारको लागि पहल गर्ने प्रतिबद्धता जनाए । “पूर्वाधार कम छ हामीसँग । त्यही भएर जे ३० भन्दामाथिको प्रतिस्पर्धा गराउन असक्षम छौं।” उनले भने—“पूर्वाधारको लागि जग्गा उपलब्ध गराईदिए संघले पूर्वाधार बनाउँछ ।” जे ६० आयोजना गर्न कोर्टको संख्या थप्नुपर्ने उनको भनाई थियो । कोर्ट लगायतको पूर्वाधार नहुदाँ माथिल्लोस्तरका प्रतिस्पर्धा पोखरा ल्याउन नसकिएको उनको स्पष्टता थियो ।

कास्की टेनिस संघका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राजकुमार गुरुङले पोखरालाई खेलकुद मार्फत प्रवर्द्धन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अर्को सस्करणहरु जे६० वा जे१०० गर्ने तयारीमा आफूहरु रहेको जनाए । उनले थपे–“हामीलाई सहयोग रह्यो भने ठूला बरियताका प्रतियोगिता गर्न हामी सक्षम छौं ।” प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स ̸ महिला सिङ्गल्स तथा डबल्स गरि जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता बारे जानकारी दिंदै प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले प्रतियोगितामा पुरुषतर्फ वर्ल्ड ¥याकिङ नं १ जापानी खेलाडी रिकु हिगासी र नेपाली खेलाडी वर्ल्ड ¥याकिङमा चौथो रहेका आरभ सम्राट हाडा र महिलातर्फ वर्ल्ड ¥याकिङ नं १ भारतिय खेलाडी माहिका खन्ना र छैटौं वर्ल्ड ¥याकिङकी नेपाली खेलाडी सुनिरा थापाको सहभागिता हुने जानकारी दिए । प्रतिस्पर्धामा जापान, भारत, चीन, अमेरिका, न्युजिल्याण्ड, ताईवान र नेपालका टेनिस खेलाडीको सहभागिता रहने कास्की जिल्ला टेनिस संघले जनाएको छ ।