
पोखरा- कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा विश्व नं १ बरियता जापानका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । गत वर्ष समेत नेपाल आएका रिकुले आफ्नो लयमा खेल खेल्दै आफ्नो पहिलो खेल जिते । त्यसै ब्वाइजतर्फ नै नेपाली खेलाडी सक्षम विक्रम शाहले भारतीय खेलाडी शौनक चटर्जीलाई ६–४, ३–६ र ६–३ ले जित दर्ता गरे ।
त्यस्तै आजबाट सुरू भएको पहिलो चरणको खेलमा नेपाली खेलाडी आयुष्मान हजुर घले समेत भारतीय खेलाडी अमित मुन्दसँग ६–४, ६–४ ले हार व्यहोरेका छन् । भारतीय खेलाडी आदित्य मोरले भारतकै आरभ चावलालाई ३–६, ६–२, र ६–३ को सेटमा पराजित गरे । भारतका अद्भित तिवारीले नेपालका राजविर प्रधानलाई ६–३, ४–६, ६–४ ले पाखा लगाए भने भारतका सौर्य समलाले नेपालका निश्चल कायस्थलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे ।
पहिलो चरणको खेलमा भारतका ओजश मेहलावतसँग नेपाली खेलाडी दर्शिल श्रेष्ठले हार ब्यहोरेका छन् । दर्शिल ६–१, ६–१ ले पराजित भए । अस्ट्रेलियाका प्रतिक नविनले भारतका प्रकाश शरनलाई ६–३, ६–० ले, भारतका विर मदमले चीनका केजुङ देङलाई ३–६, ६–० र ६–२ ले, भारतका अधिराजक ठाकुरले भारतकै शिवतेज सिरफुलेलाई ६–१, ६–२ ले, भारतका आश्रभ्य मेहराले भारतकै भ्योम शाहलाई ६–०, ६–१ ले पराजित गरेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए ।
त्यस्तै गल्र्सतर्फ नेपाली खेलाडी शिभाली गुरुङले भारतकी भ्रन्दिका राजपुतलाई ६–२, ६–० ले, चिनकी यूयू ल्यूले भारतकी नन्दीनी कन्सलाई ६–१, ४–६ र ७–६(४) ले तथा नेपाली खेलाडी सुनिरा थापाले भारतकी नेभी दवासलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरिन् । भारतकी रित अरोराले भारतकै एन्जल पटेललाई ६–३, ६–३ ले, मंगोलियाकी मार्टा चोकसोम्जाभले भारतकी मानसी सिंहलाई ६–१, ६–० ले पराजित गर्दा भारतकी दिशा बेहेराले क्यानाडाकी नोरा चौधरीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरिन् । प्रतियोगिताको पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उदघाटन गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…