आयोजक र तनहुँबीच उदघाटन खेल

- शौर्य सिमेन्ट मुख्य प्रायोजक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १९ गते २०८१ मा प्रकाशित


पोखरा-आयोजक आदर्श युवा क्लबले तनहुँसँग आगामी २२ गते शनिबार भण्डारढीक खेल मैदानमा २५ औंआर्दश कप फुटबल प्रतियोगितामा उदघाटन खेल्दै शुरु गर्ने छ ।

झण्डै ६ वर्षपछि आदर्श क्लबले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्दै फुटबलको शाखलाई जोगाउने प्रयास गरेको हो । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै आवश्यक सम्पूर्णत तयारी पुरा भएको जनाएको छ । क्लबले प्रतियोगिताको लागि आफनो जर्सी समेत सार्वजनिक गरेको छ

दोस्रो दिन विभागीय डर्बी प्रतिस्पर्धा हुने छ । नेपाल आर्मीको सिद्धीदल गणले सशस्त्र प्रहरी बलको गण्डकी मुख्यालयसँग प्रतिस्पर्धा गर्ने छ । केवल ८ टोलीले प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा प्रथम हुने टिमले ४ लाख २५ लाख ५२५ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितीय हुने टिमले २ लाख २५ हजार ५२५ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक एवं अध्यक्ष पदम गुरुङले जानकारी दिए । साथै विद्यागत रुपमा प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई २५ हजार नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

यस्तै उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट कोचलाई पनि नगद १५ हजार सहित ट्रफी र प्रमाण पत्रसहित सम्मान गरिने भएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई नगद ५ हजार र ट्रफीको व्यवस्था गरिएको आयोजकले बतायो ।यस्तै प्रतियोगिताको अनुशासित टोलीलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिने भएको छ ।

आयोजकले दर्शकलाई उत्साहित बनाउनका लागि प्रत्येक टिकटमा एनसेल नेटवर्कको एउटा सिम कार्ड निशुल्क प्रदान गर्ने भएको छ । यस्तै प्रत्यके टिकट खरिदमा यार्साटेक प्रा।लिले बिक्री गर्ने सामाग्री खरिद गरेमा दर्शकले ३ सय रुपैयाँ नगद छुट पाउने उनले बताए । त्यसैगरी आयोजक आदर्श क्लबले लेखनाथकै पत्रकार मञ्च लेखनाथलाई प्रतिटिकटको १५ रुपैयाँ छुट्टाइएको जानकारी गराए । प्रतियोगितालाई सौर्य सिमेन्टले मुख्य प्रायोजक गरेको छ । अघिल्लो संस्करणमा रिद्धीसिद्धी सिमेन्टले प्रायोजन गरेको थियो ।