
पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा २१ औं माछापुच्छ्र्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । उदघाटन समारोहमा बहराइनमा सम्पन्न डेविस कपमा नेपाललाई एशिया ओशियाना क्षेत्रमा डिभिजन ५ बाट ४ मा पुर्याउने खेलाडीहरु अभिषेक बाँस्तोला, प्रदीप खड्का, रितिक राना, प्रणव मानन्धर, प्रणव खनाल तथा टिम व्यवस्थापक गोपाल ज्ञवालीलाई सम्मान गरिएको थियो ।
पोखरा टेनिस कम्प्लेक्सभित्र टेनिस कोर्ट निर्माण गरेका हेम गुरुङ्ग, किरण केसी, उत्तम लामा, बिमल बसेल, हङकङ नेप्लीज टेनिस सोसाइटी, सहयोगी नेपाली घरका राजु श्रेष्ठ लगायतलाई सम्मान गरियो । प्रतियोगिताको पहिलो दिन भएका खेलहरुमा मेन्स सिङ्गलमा निहाल जंगबहादुर थापाले विष्णु नेपालीलाई ६–१,६–१ ले, शास्वत बज्राचार्यले नविन पाइजालाई ७–५,६–४ ले तथा दावा सोनाम शेर्पाले सोमझ श्रेष्ठलाई ६–०,६–२ ले पराजित गरे । आरब हाडाले बोरिस अधिकारीबाट वाकओभर पाए ।
४५ वर्ष माथिको मेन्स सिङ्गलमा पोखराका भिष्मराज पौडेलले बुटवलका मनोज नेपाललाई ६–१, ६–३ ले, विकास गुरुङले माधव भण्डारीलाई, बलराम सापकोटाले दोर्जे लामालाई, हेमराज ढकालले मनोज ढुङ्गानालाई, हर्क गुरुङले विज्ञान प्रधानलाई पराजित गरे । त्यसैगरी मेन्स ३५ वर्षमाथिको सिङ्गलतर्फ विकास गुरुङ हङकङले प्रकाशराज वाग्लेलाई, प्रकाश गुरुङले सविन श्रेष्ठलाई, गगन महर्जनले मनोज महर्जनलाई, भीष्म गुरुङले हर्षवर्धन रावलाई, डा.मदन थापाले डा. देव थापालाई, मच्छिन्द्र थापाले विष्णु थापालाई, हेमचन्द्र गुरुङले समीर शेरचनलाई, राजकुमार गुरुङले विष्णु चापागाईंलाई, नारायण पहारीले वीरेन्द्र लामालाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका छन् ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले एक समारोहका बिच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारी र प्रतियोगिता संयोजक नविन चालिसेलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । उनले पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धीहरु हाँसिल गरेको भन्दै यो खेलको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने बताउनुभयो । मन्त्रालयले यसअघि ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको बताउँदै थप ५ लाख रुपैयाँ सहयोग गर्ने सुनाए ।


पोखरा-आहारारा पोखरा गोल्डकपको पच्चीसौं सस्करणको उदघाटन खेल कृत्रिम प्रकाशमा खेलाउने सपना पुरा हुन सकेन् । तर सहारा एकेडेमीमा भने एकेडेमीमा रहेको बाल खेलाडीलाई रात्रीकालिन प्रशिक्षण समेत हुने छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…