
पोखरा-शीर्ष बरियताका प्रदीप खड्का घरेलु कोर्टमा पराजित हुदैं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताबाट बाहिरिएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित प्रतियोगितामा शीर्ष बरियताका खड्का आरभसम्राट हाडासँग पराजित हुन पुगे । पराजित भएसँगै उनी प्रतियोगिताबाट बाहिरिन पुगे ।
पहिलो सेट सोझो सेटमा गुमाएका खड्काले दोस्रो सेटमा कमब्याक गरे । तर टाइब्रेकर सेटमा भने दोस्रो सेटको जस्तो लय समाउन सकेनन् । पहिलो सेट ६-० मा गुमाएका खड्काले दोस्रो सेट ६-४ मा लिदैं प्रतिस्पर्धात्मक बनाए । तर निर्णायक सेटमा भने उनको प्रदर्शन खस्कियो ।
अपेक्षाकृत नहुदाँ ६-१ मा गुमाउँदै उपाधि होडबाट बाहिरिन पुगे । हाडाले अब उपाधिको लागि प्रवण मानन्धरसँग पतिस्पर्धा गर्ने छन् । मानन्धरले राजवीर प्रधानलाई पराजित गरेका थिए । ओपन तर्फको विजेताले नगद ८० हजार जित्दा उपविजेताले ४० हजार रुपैयाँ पाउने छन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…