आरभ र सुनिरा च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १६ गते २०८१ मा प्रकाशित


पोखरा -पोखरामा सम्पन्न २१ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत सम्पन्न प्रतियोगितामा आरभसम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा हाडाले प्रणव मानन्धरलाई पराजित गर्दै च्याम्पियन बन्दा सुनिरा थापाले सलोनी तामाङलाई हराउँदै उपाधि आफनो नाममा लेखाईन् ।

फाइनलमा आरभले प्रणवलाई ६–१, ६–१ को सेटमा पराजित गरे । सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । च्याम्पियन दुबैले समान नगद रु ८०–८० हजार प्राप्त गर्दा उपविजेताले जनही नगद रु ४०–४० हजारका साथमा ट्रफी प्राप्त गरेका छन् ।

३५ वर्ष माथीको सिंगल्समा पूर्व नं १ जितेन्द्र परियारले प्रतिद्वन्दी सन्तोष खत्रीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएका छन् । जितेन्द्रले ट्रफीका साथ रु ६० हजार र उपविजेता सन्तोषले नगद रु ३० हजारका साथमा ट्रफी हात पारे ।

४५ वर्ष माथीको सिंगल्स फाइनलमा कमल भण्डारी बिजेता बनेका छन् । उनले रोहित सुनुवारलाई ६–०, ६–२ ले पराजित गरे । बिजेताले नगद ४० हजार तथा उपबिजेता रोहितले २० हजारसहित ट्रफि प्राप्त गरे भने ५५ वर्ष माथी फाइनल स्पर्धामा चन्द्र शाही बिजयी भए । उनले जिवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे । चन्द्रले नगद ३० हजार उपबिजेता जिवनले १५ हजार नगदसहित ट्रफि प्राप्त गरे ।

बिजेता खेलाडीहरुलाई माछापुच्छ«े बैंकका संस्थापक तथा केसी ग्रुपका निर्देशक किरण केसी लागयतले पुरस्कार प्रदान गरेका थिए ।