
पोखरा-गण्डकी प्रदेश टेबलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरी सम्पन्न भयो ।
संघको उपाध्यक्षमा किसन जिसी, सचिवमा अनुष कुँवर, कोषाध्यक्षमा भिममाया गुरुङ (ज्योति), सहसचिवमा शिव प्रसाद न्यौपाने ९नवलपुर०, सदस्यहरुमा क्षितिज गुरुङ (मनाङ), विकासकृष्ण नकर्मी (कास्की), दिपकराज गिरी (कास्की), अविश्चल भुजेल (स्याङजा), खुमबहादुर कार्की (तनहुँ) र दर्पण श्रेष्ठ .(स्याङ्जा) सर्वसम्मत रुपमा चयन भएका थिए । संघमा रिक्त एक उपाध्यक्ष र एक सदस्य पदमा प्रदेश खेलकुद परिषद् गण्डकीले मनोनयन गरी संघ १३ सदस्यीय हुने छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले अधिवेशनको उद्घाटन गर्दै खेलकुदको विकास र राम्रा खेलाडिहरुको उत्पादनमा प्रदेश खेलकुद परिषद सधैं तत्पर रहने वताउँदै २०८१ चैत्र २३ गते देखि हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट भएका खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शन गर्न चाडै नै वन्द प्रशिक्षणको लागि तयारी भएको वताए ।
सो अवसरमा अखिल नेपाल टेबुलटेनिस संघका उपाध्यक्ष एवम् केन्द्रका प्रतिनिधि प्रकाश पौडेल, प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिलबहादुर गुरुङ लगायतले बोलेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…