
पोखरा-सांग्रिला क्रिकेट क्लब र कास्की क्रिकेट क्लबले क्रमश अरण्यज्योति र पोखरा क्रिकेट क्लबलाई पराजित गरेका छन् ।
बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा कास्की जिल्ला टी—२० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिब्रिन श्रेष्ठको कसिलो बलिङ प्रेरित सांग्रिला क्रिकेट क्लबले अरण्यज्योतिलाई १०४ रनको फराकिलो अन्तरले गरेको छ । टस जितेको सांग्रिलाले निर्धारित २० ओभरमा १५५ रनको स्कोर खडा गर्यो ।
विराट दुवाडीले ओपनरको रुपमा २६ रन बनाए । अर्का ओपनर ६ रनमा पभेलियन फर्किएपछि दबावमा परेको सांग्रिलालाई सुदिप पौडेलले सम्हाले । दोस्रो विकेटको रुपमा रिकेश गुप्तालाई ९ रनमा गुमाएको थियो । चौथो नम्बरमा आएका पौडेलले ३९ बलमा ५२ रन बनाए । आर्दश झाले १४ रन बनाएका थिए । अब्दुल खालिफ मियाँले ३ विकेट लिए । १५६ रनको लक्ष्य पछ्याएको अरण्यज्योति भने ५१ रनमा सबै विकेट गुमायो । सिब्रिन श्रेष्ठले सर्वाधिक ५ विकेट लिने क्रममा ३.३ओभमा १ मेडनसहित १३ रन खर्चिएका थिए । उनी खेमा प्लयेर अफ दि म्याच घोषित भए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगिताको दोस्रो खेलमा कास्की क्रिकेट क्लबले टस जित्दै पहिलो इनिङ शुरु गर्यो । आफनो इनिङमा अर्जुन कुमालको ७७ र रोहित चन्दको ५५ रनको उत्कृष्ट प्रदर्शनमा १६८ रनको योगफल तयार पार्यो ।चन्देल ४४ बल खेल्दै २ चौका ४ छक्का उनको व्याटबाट निस्कियो । त्यस्तै कुमालले ७७ रन बनाउने क्रममा ५१ बल खेले । ५ चौका रा २ छक्का प्रहार गरे । अनिष धामीले ४ र अमन सुवेदीले दुई विकेट लिए । खेलमा अर्जुन कुमालको अलराण्डर प्रदर्शनमा रह्यो ।
१६९ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा क्रिकेट क्लब भने १४४ रनमा समेटिदैं २४ रनले पराजित हुन पुग्यो । ओपनर मुस्कान थापाले अर्धशतकीय पारी खेल्दै गतिलो शुरुवात दिलाए । तर अन्य व्याटरको प्रभावकारी प्रदर्शन भने रहन सकेन् । थापाले ३६ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिउ । चौथो नम्बरमा आएका सुवास भण्डारीले ३२ रन बनाउँदा प्रेम गुरुङले १४ रनमा अविजित रहे । प्लेयर अफ दि म्याच बनेका अजुर्न कुमालले २ विकेट लिए । अदित्य थापाले भने ३ विकेट आफनो नाममा लेखाए ।


पोखरा-पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुरलाई १९ रनको जित दर्ता गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपेन्द्र…