
पोखरा-एनआरटीलाई सडन डेथमा पराजित गर्दै चर्च ब्वाईज युनाईटेड २४ औं आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाईनल प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थालाई बराबरी गरेको चर्च ब्वाईजको भाग्य सडन डेथमा उदायो । एनआरटी भने सडन डेथमा पराजित हुन पुग्यो ।
एनआरटीले खेलको २५ औं मिनेटमा अग्रता लियो । तर दोस्रो हाफमा पेनाल्टीको सामना गरेपछि एनआरटीले निर्धारित समय चर्च ब्वाईजसँग १—१ को बराबरीमा टुग्यायो । रिचार्ड विल्सनले २५ औं मिनेटमा गोल गर्दै लिएको अग्रतालाई चर्च ब्वाईजले पेनाल्टी मार्फत बराबरी गर्दै खेलमा फर्कियो । ६४ औं मिनेटमा नविन लामाले पेनाल्टीमा गोल गर्दै चर्च ब्वाईजलाई खेलमा फर्काए । निर्धारित समय दुबै टोलीले बराबरीमा खेले । थपिएको समयमा समेत गोलरहित हुदाँ खेल पेनाल्टी सुटआउटमा पुग्यो ।
पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि सडन डेथमा चर्च ब्वाईजले जित निकाल्दै क्र्वाटरफाईनल प्रवेश गर्दा एनआरटी भने बाहिरिने टोलीमा सामेल भयो । एनआरटीका गोलकिपर विशाल सुनार, अन्जन विष्ट, सुमित श्रेष्ठ, जय गुरुङ र रवि लोप्चनको पेनाल्टी गोलमा परिणत भयो । रिचार्ड विल्सन, जन्मदेव धामी र मिचेल मगरको प्रहार गुम्यो ।
उता चर्च ब्वाईजको तर्फबाट गोलकिपर टिकेन्द्रसिंह थापा, अकिन्स बाफोर,प्रशान्त लक्सम, नविन लामा,अबायोमी र मिलन राईको प्रहार सदुपयोग हुदाँ सकल रेग्मी र राज भुषालको प्रहार खेर गएको थियो । खेलमा चर्च ब्वाईजका गोलकिपर टिकेन्द्रसिंह थापा प्लयेर अफ दि म्याच घोषित भए ।
सहारा क्लबको आयोजनामा सञ्चालित प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजन र जयश्री फुड्स प्रालिले सह प्रायोजन गरेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…