
पोखरा-मेजर लक्ष्मीप्रसाद गुरुङ ले जनवरी महिनाको मन्थ्ली मेडल गल्फको पुरस्कार जित्दा ओभरअल मन्थ्ली मेडलको उपाधि भने एएसपी भक्तराज गुरुङ ले जितेका छन् ।
गुरुङ ले २५ स्कोरसहित ओभरअल वार्षिक उपाधि आफनो नाममा लेखाए । जनवरी महिनको मन्थ्ली मेडलको उपविजेता भने सन्देश श्रेष्ठ भए ।

पोखरा मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित प्रतिस्पर्धामा ग्रस तर्फ क्लब च्याम्पियन भने मेजर मदनकुमार गुरुङ भए । उनले ८० स्कोर गरे । उपविजेता भने क्याप्टेन बद्री राई भए । राईले ८२ स्कोर गरे ।

नेट तर्फको पुरस्कार एएसपी लिलाजंग गुरुङ ले जिते । उनले ६६ को कार्ड बनाए । कमल सुवेदी भने ७१ को स्कोरसहित उपविजेता बन्न सफल भए । नेट तर्फ तेस्रो भने क्याप्टेन हरि राई भए ।

लङ गेष्ट ड्राईभको पुरस्कार मदनकुमार गुरुङ ले पाउँदा नियरेष्ट टु दि पीनको पुरस्कार जीवाराम गुरुङ ले प्राप्त गरेका छन् । सिनियर तर्फ मेजर विजय मोक्तान र गेष्ट विनरको रुपमा सुजन थापा रहे । थापाले ६८ को कार्ड बनाउन सफल भए ।

स्ट्रोक प्लेको आधारमा खेलाईएको प्रतिस्पर्धामा २८ जना गल्फरले सहभागिता जनाएका थिए । उनीहरुलाई भारतीय पेन्सन क्याम्पका डा अश्विन, युके गोर्खा हिलका चन्द्र गुरुङ, मेजल मदन गुरुङ र कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ ले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…