
पोखरा-पहिलो पटक सहभागिता । पहिलो सहभागितामै उपाधि । २० वर्षपछि सहाराको उपाधि दोस्रो पटक विदेशियो । पहिलो पटक अफ्रिकन युनाईटेडले विदेश लैजादाँ दोस्रो पटक भने उज्वेकिस्तान पुग्यो ।
शनिबार फाईनल खेलमा पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले नेपाल पुलिस क्लबलाई ३-१ गोलमा पराजित गर्दै उपाधि उचाल्यो । अफ्रिकन युनाईटेडले चौथो संस्करणको उपाधि जितेको थियो ।
२४ औं आहा रारा गोल्डकपको संस्करणमा १२ औं क्लबको रुपमा भित्रिएको ब्ल्याक बुल्सले उपाधि उचाल्दै विदेशी भूमीमा पहिलो उपाधि लिएर फर्कियो । नेपाल पुलिस क्लब भने ७ औं पटक उपाधि उचाल्दै इतिहास रच्ने अवसरबाट विमुख बन्यो । ११ औं फाईनल खेल खेलेको नेपाल पुलिस दोस्रो पटक विदेशी क्लबसँग पराजित भएको हो । चौथो संस्करणमा पनि नेपाल पुलिस क्लब अफ्रिकन युनाईटेडसँग पराजित भएको थियो ।
पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बन्यो । गोलको अवसर ब्ल्याक बुल्स र पुलिसले निकाल्न सकेनन् । तर पुलिस पोखराको मैदानमा अभागी बन्यो । खेलको तेस्रो मिनेटमा मनिष सेढाईले हानको बल गोललाईनबाट उज्वेकिस्तानको गोलकिपरले उत्कृष्ट बचाउ गरे । त्यसपछि नेपाल पुलिसले भने अवसर सृजना गर्नै सकेन् । सुनिल तामाङको पासमा सेढाईले हानेको हेडबल बचाउ भएपछि पुलिस अग्रता लिने अवसर गुमायो ।
खेल सकिन ३ मिनेटबाँकी रहँदा उज्वेकिस्तानी टोलीले फ्रिकिक पायो । फ्रिकिकलाई कप्तान जाकोन्गिर आक्मादोभले हाने । बललाई पुलिस क्लबका गोलकिपरले बचाउ गरे । तर बचाउ गरेको बल ड्रप हुदैं गोललाईनबाट भित्र छिर्दै जालीको सम्पर्कमा पुग्यो । पाहुना टोलीले पहिलो हाफ अघि स्पष्ट अग्रता लियो ।
दोस्रो हाफमा पनि दुई गोल गर्दै अग्रता बढायो । डिबक्स भित्र अनमार्क रहेका असिलवेक ओरिफजोनोभले टोलीको लागि ५९ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता बढाए । अर्को गोल साप्कातजोन सातारोभले ६६ औं मिनेट गर्दै फराकिलो अन्तर बनाए । उनी पनि मार्किङविहीनकै अवस्थामा प्रहार गरे । नेपाल पुलिसले पनि सान्त्वना गोल फर्कायो । ढिलै भएपनि शिशिर चौधरीले गोल फर्काउँदै पुलिसको इज्जत जोगाए । तर बराबरीको अवस्थाबाट भने पुलिस निकै टाढा थियो । ७४ औं मिनेटमा फर्काएपनि पुलिसलाई खेलमा फर्किन ढिला भईसकेको थियो ।
सहारा क्लबको आयोजना हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजन तथा जयश्री फुड्स प्रालिको सह प्रायोजना रहेको प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेता बनेको नेपाल पुलिस क्लबले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…