
पोखरा-हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे ।
उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो ।
उपविजेता बनेको कास्की मोडनाइज एकेडेमीले नगद ५० हजार मेडल र ट्रफि प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी गुरुकुल विद्यासदनका सुमित मल्ल बने । त्यसै गरी हाइस्कोरर कास्की मोडनाइजका इसान्त पुन, उत्कृष्ट गोलरक्षक कास्की मोडनाइज कै कुसल गिरी बन्न सफल भए ।
कजेज तर्फ इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई हराउदै उपधि जितेको छ । इन्फोम्याटिक्स कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई ५–२ गोल अन्तरले हराउदै उपाधि जितेको हो । इन्फोम्याटिक्स कलेजका नारन पुन ३, मन्दिप राजभण्डारी र निश्चिल घिमिरले एक एक गोल गरे । पोखरा कलेज अफ म्यानेजमेन्टका लागि रमित गुरुङ र कुशल खड्काले एक एक गोलको योगदान दिए ।
इन्फोम्याटिक्स कलेजले उपाधि सगँ नगद २० हजार, मेडल, ट्रफि प्राप्त गर्दा पोखरा कलेज अफ म्यानेजमेन्टले नगद १० हजार, मेडल र ट्रफिमा चित्त बुझायो । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको थियो भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको थियो । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ ।
विजयी खेलाडीलाई प्रतियोगितामा गण्डकी प्रदेश खेलकुद समितिका उपाध्यक्ष ध्वजकुमार गुरुङ, हिसानका उपाध्यक्ष बाबुराम पन्त, गण्डकीका संस्थापका अध्यक्ष रमाकान्त बराल, हिसान गण्डकीका अध्यक्ष डा रामजी शर्मा, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसि, हिसान गण्डकीका कोषाध्यक्ष टुकराज बास्तोला, सचिब डिल्लिराम अधिकारी, युआरएलका अध्यक्ष ठाकुर पन्थी, प्रवन्धक गणेश कोइराला, सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष संजय लिगल, सल्लाहाकार सन्तोष पराजुली लगाएतले विजयी खेलाडी ट्रफि मेडल, प्रमाणपत्र प्रदान गरे ।


पोखरा-आहारारा पोखरा गोल्डकपको पच्चीसौं सस्करणको उदघाटन खेल कृत्रिम प्रकाशमा खेलाउने सपना पुरा हुन सकेन् । तर सहारा एकेडेमीमा भने एकेडेमीमा रहेको बाल खेलाडीलाई रात्रीकालिन प्रशिक्षण समेत हुने छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…