
पोखरा-बाग्लुङलाई ११४ रनले पराजित गर्दै तनहुँले प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एक दिवसिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । तनहुँले टस हार्दै व्याटिङ गर्ने क्रममा दुई व्याटरको अर्धशतकीय पारीमा २१० रनको योगफल तयार पार्यो । तेस्रो नम्बरमा आएका दिनेश बुढामगरले ६८ बल खेल्दै ६० रन बनाए । १० चौका प्रहार गरे । उनी भन्दा अघि ओपनर समीर कँडेल र दिपेश अधिकारीले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गरे । कँडेलले १६ र अधिकारीले ३७ रन बनाए । अधिकारी र बुढामगरले दोस्रो विकेटको लागि ३८ रनको साझेदारी निभाएका थिए ।
पाँचौ विकेटको लागि बुढा मगर र सुप्रिम सुनारले ७० रनको साझेदारी गरे । सुनारले छैटौं नम्बरमा आउँदै अर्धशतक पुरा गरे । उनले ५६ बल खेल्ने क्रममा ५ चौका प्रहार गरे । चन्द्रकान्त पौडेलले १६ रनको योगदान गरे । सञ्चार निउरेले बाग्लुङका लागि चार विकेट लिए । मुकेश ओझाले भने दुई विकेट लिए ।
२११ रनको लक्ष्य पछ्याएको बाग्लुङ भने ९६ रनमा समेटियो । निर्धारित ४२ ओभरको खेलमा अश्विन थापाले अविजित २० रन बनाए । जुन सर्वाधिक रनको स्कोर कार्डमा लेखिएको थियो । बाग्लुङले पहिलो विकेट ८ रन बनाउने क्रममा गुमायो । ओपनर विवेक नेपालीले तीन बल खेल्दै शून्य रनमै पभेलियनको बाटो समाए । चन्द्रदेव यादव र आरोश तामाङले समान ११ रन बनाए । व्याटबाट ७१ बन्दा व्याटरको एकल आँकडा भन्दा अतिरिक्त रन बढी रह्यो । अतिरिक्त रन मात्रै २५ थियो । चन्द्रकान्त पौडेलले ३ विकेट लिने क्रममा ८ ओभर फाल्दै १ मेडन राखे । २९ रन खर्चिए । खेलमा दिनेश बुढामगर प्लेयर अफ दि म्याच घोषित भए ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा प्रदेशका छ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितापछि गण्डकी प्रदेशको टोली छनोट गरिने छ । छनोट प्रदेश टोलीले प्रधानमन्त्री कप एकदिपसीय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…