
पोखरा-पोखरामा आयोजित प्रधानमन्त्री कप एक दिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बाग्लुङ दोस्रो खेलमा स्याङजासँग विशाल अन्तरले पराजित भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सेमबार भएको प्रतिस्पर्धामा स्याङजाले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा बाग्लुङ ७६ रनमै समेटिदैं फराकिलो हार व्यहोर्यो ।
टस जितेर व्याटिङ गरेको स्याङजाले मिलन क्षत्रीको अविजित ६४ रनको महत्वपूर्ण इनिङमा ९ विकेटको क्षतिमा २७४ रनको विशाल लक्ष्य तयार गर्यो । निर्धारित ५० ओभर खेलेको स्याङजाले पहिलो विकेट सस्तैमा गुमायो । करन पंगेनी मुकेश ओझाको बलमा एलबी डब्लु धरापमा पर्दै पभेलियन फर्किए । ईशान क्षत्रीले ३५ बलमा ३८ रन हिर्काउँदै गतिलो शुरुवात दिलाए । उनले ८ चौका प्रहार गरे ।
तेस्रो नम्बरमा आएका सन्जय रेग्मीले १९ रनको योगदान दिदाँ अनिष ताम्राकारले ३२ रन बनाए । किरण भट्टराईले ३८ बलमा ३२ रन बनाई खेल्दा मुकेश ओझाको हातबाट क्याच हुन पुगे । आठौं नम्बरमा आएका मिलन क्षत्रीले अर्धशतक पुरा गरे । उनले ६९ बल खेल्ने क्रममा ६४ रनमा अविजित रहे । उनले ५ चौका र दुई छक्का प्रहार गरे । त्यसो त सुजन गौतमले १९ र विपिनराज न्यौपानले २५ रन बनाउँदा तुलसीराम भण्डारी १४ रनमा अविजित रहेका थिए । बाग्लुङका विश्व कार्कीको १०–१–३५–३ को बलिङ स्पेल रह्यो । त्यस्तै सचिनराज अधिकारीले भने दुई विकेट लिने क्रममा तीन ओभरमा केवल १२ रन खर्चिएका थिए ।
विशाल लक्ष्य पछ्याएको बाग्लुङको व्याटर खुलेर खेल्न सकेनन् । विवेक नेपाली ६ बल खेल्दै शून्यमै आउट भए । मिलन थापा पनि २६ बल खेल्दै ५ रनमा आउट भए । एकपछि अर्को गरी सस्तैमा पभेलियन फर्किने क्रम दोहोरिएपछि बाग्लुङ ७६ रनमा समेटिन पुग्यो । तेस्रो नम्बरमा आएका आरस तामाङले २२ रन बनाए । नवौं नम्बरमा आएका अश्विन थापाले १६ रनको योगदान गरे । अन्य व्याटरको दोहोरो अंकको रन स्कोर कार्डमै चढ्न सकेन् । किरण भट्टराईले ८ ओभरमा ३३ रन खर्चिएर ६ विकेट लिए । विपिनराज न्यौपानेले ४.४ ओभरमा १० रन खर्चिएर ३ विकेट लिए । किरण भट्टराई प्लेयर अफ दि म्याच घोषित भए ।


पोखरा-पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुरलाई १९ रनको जित दर्ता गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपेन्द्र…