
पोखरा-हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको फेब्रुअरी मन्थ्ली मेडल गल्फको उपाधी ज्ञानकाजी गुरुङले जितेका छन् ।
पोखरा मझेरीपाटनस्थित पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा गुरुङले ३८ को कार्ड बनाउँदै मन्थ्ली मेडल आफनो नाममा लेखाएका हुन् । प्रतिस्पर्धामा एएसपी लिलाजंग गुरुङ भने उपविजेता बने । उनले ३२ को कार्ड बनाए ।

ग्रस तर्फको प्रतिस्पर्धामा भने मेजर लछिमीप्रसाद गुरुङले पुरस्कार जित्न सफल भए । गुरुङले २३ स्कोरसहित पुरस्कार जित्न सफल भएका हुन् । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा २३ जना गल्फरको सहभागिता रहेको थियो ।
विजेता गल्फरलाई कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष एएसपी भक्तराज गुरुङले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…