
पोखरा-सन्दीप पराजुलीको कसिलो बलिङ र ओपनर समीर कँडेलको उत्कृष्ट व्याटिङ प्रेरित तनहुँले स्याङजालाई ८ विकेटले पराजित गरेको छ । हारसँगै प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितबाट स्याङजा बाहिरिएको छ । अघिल्लो दिन बाग्लुङलाई पराजित गर्दै फाईनल सम्भावना रहेपनि हारसँगै बाहिरिन पुग्यो ।
टस जितेर व्याटिङ गरेको स्याङजाले निकै कमजोर शुरुवात गर्यो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा ओपनर करन पँगेनी र ईश्वर क्षत्री सस्तैमा आउट भए । तेस्रो नम्बरमा आएका सौजन्य रेग्मीले १०२ बल खेल्दै ४३ रन बनाउँदै केही आशा जगाए । तर उनको पतनसँगै स्याङजा फेरी कमजोरी देखियो ।
छैटौं नम्बरमा आएका सुजन गौतमले ८८ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ८२ रनको इनिङ खेल्दै स्याङजाको इज्जत जोगाए । त्यपछि मिलन क्षत्रीले २१ रनको योगदान दिएपछि ५० ओभरमा सबै विकेट गुमाउँदै २०१ रनको सम्मानजनक स्कोर तयार पार्यो ।
तनहुँका लागि सन्दीप पराजुलीले १० ओभरमा तीन मेडन राखे । ३९ रन खर्चिएर ४ विकेट लिए । त्यपछि चन्द्रकान्त पौडेलले १० ओभरको स्पेलमा एक मेडनसहित ४१ रन दिएर ३ विकेट लिए ।
२०२ रनको लक्ष्य पछ्याएको तनहुँले भने ४६ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्दै फाईनल प्रवेश गर्यो । ओपनर समीर कँडेलले उत्कृष्ट व्याटिङको नमूना पेश गरे । उनले १३० बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै ८७ रनको योगदान दिए ।
अर्का ओपनर दिपेश अधिकारीले पनि ६८ बल खेल्दै ४४ रनमा आउट भए । उनको स्कोर कार्डमा पनि ६ चौका र १ छक्का लेखियो । कृश ऐरले ३५ र भन्स क्षत्रीले अविजित २६ रन बनाएपछि तनहुँले जितको लक्ष्य पुरा गर्यो । समीर प्लेयर अफ दि म्याच घोषित भए ।


पोखरा-पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुरलाई १९ रनको जित दर्ता गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपेन्द्र…