
पोखरा-स्पिनर सुवास भण्डारीको उत्कृष्ट बलिङ र अर्जुन कुमालको अविजित ४७ रनको योगदानमा कास्कीले नवलपुरलाई ९ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरी एकदिवसीय क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । कास्कीले अब उपाधिको लागि तनहुँसँग आईतबार खेल्ने छ ।
ओसिलो पीचमा ४० ओभरमा झारिएको खेलमा नवलपुरले २१.४ ओभर खेल्दै ९८ रन बनाउन सबै विकेट गुमाउन पुग्यो । कास्कीका बलर भण्डारीको बलिङ स्पेल निकै सानदार रह्यो । उनले ४.४ ओभरमा एक मेडनसहित २६ रन खर्चिएर ५ विकेट लिएपछि नवलपुर सस्तैमा समेटिएको थियो ।
प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा सञ्चालित प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा नवलपुरले दिएको ९९ रनको लक्ष्यलाई कास्कीले एक विकेटको क्षतिमा १९.१ ओभरमा पुरा गरेको हो ।
५० ओभरको खेल ४० ओभरमा झारिएको थियो । ४० ओभरमा टस जितेर नवलपुरले व्याटिङ रोज्यो । ओसिलो पीचमा नवलपुरले केवल ९८ रन मात्रै बनायो । २१.४ ओभर मात्रै खेलेको नवलपुरले प्रमेश अर्यालले १७ रन बनाए । आर्या महतोले ११, आयुष सुवेदीले १४ र कमल परियार भने १५ रनमा अविजित रहे । कास्कीका सुवास भण्डारीले ४.४ ओभरमा १ मेडन राख्दै २६ रन खर्चिएर ५ विकेट लिए । विपिन खत्री र नितेश गिरीले समान दुई दुई विकेट लिए ।
९९ रनको लक्ष्य पछ्याएको कास्कीले अर्जुन कुमाल र मुस्कान थापाको ओपनिङमा सहज जित निकाल्यो । कुमाल नटआउट ४७ रनमा बनाउने क्रममा ८ चौका प्रहार गरे । थापा भने ३५ रनमा आउट हुदाँ स्कोर कार्डमा ५ चौका लेखिएको थियो । रोहित चन्द ९ रनमा अविजित रहे । भण्डारी प्लयेर अफ दि म्याच घोषित भए । आईतबार फाईनल हुने छ । फाईनलमा कास्की र तनहुँ खेल्ने छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…