फागुन अन्तिम साता मादीमा दोस्रो अध्यक्षकप भलिबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १८ गते २०८१ मा प्रकाशित


पोखरा-कास्कीको मादी गाउँपालिकाले आफनो स्थापना दिवसको अवसरमा गण्डकीप्रदेश वडास्तरीय पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । यही फागुनको २७ गतेदेखि याङजाकोटस्थित भलिबल कोर्टमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गाँउपालिकाले गरेको हो ।

गण्डकी प्रदेशका विभिन्न पालिकाका वडाहरुले सहभागिता जनाउने पाउने छन् । वडाको सिफारिस अनिवार्य रहेको आईतबार आयोजित पत्रकार सम्मेलनमा गाँउपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी भएपनि सम्बन्धित आफनो वडाले सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ । प्रतियोगिताको व्यवस्पाकीय जिम्मेवारी भने याङजकोटस्थित मिलन युवा क्लबले गर्ने छ ।

दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न नगर तथा गाँउपालिकाका वडाहरुले सहभागिता जनाउने विश्वास गाउँपालिकाले लिएको छ । प्रतियोगितामा विजेताले नगद दुई लाख, उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै सान्त्वना पुरस्कार स्वरुप सेमिफाईनल पुग्ने दुई टोलीलार्य ५०र ५० हजार रुपैयाँ प्रदान गरिने गाँउपालिकाले जनाएको छ ।

विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने गाँउपालिकाले उल्लेख गरेको छ । प्रतियोगितामा सहभागिता टोली तथा अफिसियललाई स्थानीय होमस्टेमा राख्ने व्यवस्था गरिएको छ ।