
पोखरा-झण्डै दुई वर्षपछि पोखराको ह्याण्डबल कोर्टमा राष्ट्रियस्तरको पुरुष ह्याण्डबल प्रतियोगिता हुदै छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि आउटडोर ह्याण्डबल कोर्टमा राष्ट्रियस्तरको प्रतियोगिताको समय जुरेको हो । प्रदेश ह्याण्डबल संघ गण्डकीको आयोजनामा आगामी चैतको पहिलो साता प्रथम पोखरा कप राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आयोजना हुदैं छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकका अनुसा। सहभागिताका लागि सात प्रदेश र विभागिय टोलीलाई पत्रचार गरिएको छ । “लामो समय पछि हामीले यो प्रतियोगिताको तयारी थालेका हौं । यो प्रतियोगिताले प्रदेश र विभागका खेलाडीहरुलाई समेत उत्साहित बनाउने विश्वास लिएका छौं,” उनले भने ।
पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र पोखरा रगशालास्थित आउटडोर ह्याण्डबल कोर्टमा लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ । प्रतियोगितालाई कास्की जिल्ला ह्याण्डबल संघले प्राविधिक सहयोग गर्ने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…