पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल चैत्र ३ गते देखि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २६ गते २०८१ मा प्रकाशित


पोखरा-झण्डै दुई वर्षपछि पोखराको ह्याण्डबल कोर्टमा राष्ट्रियस्तरको पुरुष ह्याण्डबल प्रतियोगिता हुदै छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि आउटडोर ह्याण्डबल कोर्टमा राष्ट्रियस्तरको प्रतियोगिताको समय जुरेको हो । प्रदेश ह्याण्डबल संघ गण्डकीको आयोजनामा आगामी चैतको पहिलो साता प्रथम पोखरा कप राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आयोजना हुदैं छ ।

गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकका अनुसा। सहभागिताका लागि सात प्रदेश र विभागिय टोलीलाई पत्रचार गरिएको छ । “लामो समय पछि हामीले यो प्रतियोगिताको तयारी थालेका हौं । यो प्रतियोगिताले प्रदेश र विभागका खेलाडीहरुलाई समेत उत्साहित बनाउने विश्वास लिएका छौं,” उनले भने ।

पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र पोखरा रगशालास्थित आउटडोर ह्याण्डबल कोर्टमा लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ । प्रतियोगितालाई कास्की जिल्ला ह्याण्डबल संघले प्राविधिक सहयोग गर्ने छ ।