लिलाजंगलाई मार्चको मन्थ्ली मेडल उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १५ गते २०८१ मा प्रकाशित


पोखरा-पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित मार्चको मन्थ्ली मेडल गल्फको उपाधि नेट तर्फ एएसपी लिलाजंग गुरुङ ले जितेका छन् । पार ६९ को कोर्षमा ३र४ फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा लिलाजंगले ३४ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् ।

यसैगरी भक्तराज गुरुङ भने उपविजेता बने । उनले ३३ स्कोर गरे । उनले काउण्ट व्याकमा उपाधि आफनो नाममा लेखाए । ३३ स्कोर गरेका ज्ञानकाजी गुरुङ भने तेस्रोस्थानमा चित्त बुझाए ।

त्यस्तै ग्रस तर्फको पुरस्कार क्याप्टेन गणेशकुमार गुरुङ ले जिते । उनले २६ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् । लङ गेष्ट ड्राईभको पुरस्कार इन्स्पेक्टर जीवाराम गुरुङ ले प्राप्त गरे । क्लोज टु दि पीनको पुरस्कार भने मेजर हेविन्द्र पुनले प्राप्त गरे ।

पोखरामा हिमालयन गल्फ कोर्षले मासिक रुपमा मन्थ्ली मेडल प्रतियोगिता गर्दै आएको छ । विजेता गल्फरलाई अवकाशप्राप्त मेजर मदनकुमार गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा होली ईन वान हिर्काएको अवसरमा क्याप्टेन हरी राईले भोजनको प्रायोजन गरेका थिए । प्रतियोगितामा २६ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए ।