
पोखरा-जिल्ला खेलकुद विकास समिति कास्कीको अध्यक्षमा मिलन गुरुङ नियुक्त भएका छन् । कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष समेत रहेका गुरुङलाई गण्डकी प्रदेश मन्त्रीपरिषदले अध्यक्षमा गरिएको सिफारिसलाई अनुमोदन गरेको हो ।
गुरुङले मंगलबार नै सपथ लिदैं छन् । उनलाई सामाजिक विकास तथा युथा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रदेश खेलकुद परिषद गण्डकीको अध्यक्षको हैसियतमा सपथ ग्रहण गराउने मन्त्रीका प्रेस सल्लाहाकारले जनाएका छन् ।
मन्त्री थापाले अध्यक्षमा नवनियुक्त गुरुङलाई प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा सपथ ग्रहण गराउने छन् । अध्यक्षको कार्यकाल चार वर्षको हुने छ ।


पोखरा-आहारारा पोखरा गोल्डकपको पच्चीसौं सस्करणको उदघाटन खेल कृत्रिम प्रकाशमा खेलाउने सपना पुरा हुन सकेन् । तर सहारा एकेडेमीमा भने एकेडेमीमा रहेको बाल खेलाडीलाई रात्रीकालिन प्रशिक्षण समेत हुने छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…