
पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा ओ लेभलको अम्पायर तथा स्कोरर तालिम सम्पन्न भएको छ ।
एमसिसी फाउण्डेशन अन्तर्गतको किडासा फाउण्डेशनको सहयोगमा आयोजित तालिममा महिला तथा पुरुष गरी २५ जनाको सहभागिता रहेको थियो ।
पोखरा क्रिकेट एकेडेमी संयोजन रहेको तालिमलाई प्रदेश खेलकुद परिषद गण्डकी तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको सहयोग गरेका थिए ।
तालिमलाई अन्तराष्ट्रिय अम्पायर सन्जयकान्त सिग्देलले प्रशिक्षण गराएका थिए । प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख रामप्रसाद शर्माले उदघाटन गरेको तालिमको समापन भने किडासाका फाईनान्स कन्ट्रोलर बसन्तराज पराजुलीले समापन गरेका थिए । तालिमपछि प्रमुख अतिथिको रुपमा रहेको पराजुलीले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…