
पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा ओ लेभलको अम्पायर तथा स्कोरर तालिम सम्पन्न भएको छ ।
एमसिसी फाउण्डेशन अन्तर्गतको किडासा फाउण्डेशनको सहयोगमा आयोजित तालिममा महिला तथा पुरुष गरी २५ जनाको सहभागिता रहेको थियो ।
पोखरा क्रिकेट एकेडेमी संयोजन रहेको तालिमलाई प्रदेश खेलकुद परिषद गण्डकी तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको सहयोग गरेका थिए ।
तालिमलाई अन्तराष्ट्रिय अम्पायर सन्जयकान्त सिग्देलले प्रशिक्षण गराएका थिए । प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख रामप्रसाद शर्माले उदघाटन गरेको तालिमको समापन भने किडासाका फाईनान्स कन्ट्रोलर बसन्तराज पराजुलीले समापन गरेका थिए । तालिमपछि प्रमुख अतिथिको रुपमा रहेको पराजुलीले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।