
पोखरा-गण्डकी हिरोजले घरेलु मैदानमा दोस्रो संस्करणको केपीओली टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरामा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धामा करिण ठगुन्नाको अर्धशतकीय पारीमा काठमाडौंको सिईसीलाई पराजित गर्दै उपाधि जित्यो । टस जितेको काठमाडौंले १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओपनर अर्जुन कुमाल शून्यमै पवेलियन फर्किएपछि तनाबमा देखिएको गण्डकी हिरोजको इनिङलाई किरणले सम्हाल्दै जितको आधार तयार पारिदिए । किरणले ५२ रन बनाउने क्रममा २६ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सञ्चालित प्रतियोगितामा गण्डकीले १७.३ ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्दै १० लाख नगदराशीको उपाधि आफनो नाममा लेखायो । गण्डकी प्रदेशको टोलीले जितेको यो नै सर्वाधिक पुरस्कार राशी हो । सुजन थपलिया ३५ रनमा अउट भए । उनले २१ बलमा ६छक्का प्रहार गरे । दिपक डुुम्रे २६रनमा अउट भए । उनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर साकिव हकले २४ रन बनाए । उनले १५ बलमा ५ चौका प्रहार गरे । गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा अविजित रहँदै उपाधि गण्डकीको नाममा लेखाए । काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव र सुुर्य तामाङले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट हुन पुुग्यो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुुगे । उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । उनले २९ बलमा ७ चौका र २ छक्काको मद्धतमा अर्धशतक बनाए । सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । रित गौतम ४, दिपेन्द्र रावत ४, सुशान्त सिंह थापा ६, राजेन्द्र बम १, दिनेश बोहोरा ८, सुुर्य तामाङ ३ र युनिश विक्रम सिंह ठकुरी १ रनमा आउट भए । गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुन्ना प्लेयरअफ दी म्याच घोषित भए ।

यस्तै काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले खेलकुदको विकासका लागि आफुले संस्दमा आवश्यक पहल गर्ने सुनाए । उनले खेलको विकासका लागि राज्यको सहयोग अत्यावश्यक रहेको सुुनाउँदै खेलको भावनाअनुसार लाग्न अनुुरोध गरे । एकेडेमीका अध्यक्ष ध्रुुव आचार्यले अब एकेडेमीले आफ्नै क्रिकेट टिम बनाउने बताएका छन् । उनले खेलाडीको विकासका लागि आफ्नै टिम बनाउने घोषणा गरेका हुन् ।