क्याडी गल्फ प्रतियोगिता गरेर जन्मदिन मनाए गुरुङले

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १० गते २०८२ मा प्रकाशित


पोखरा-कलाकार बुद्धिमान गुरुङले आफनो जन्मदिन क्याडी गल्फरसँग मनाएका छन् । उनले आफनो ७० औं जन्मदिनको अवसरमा पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा मनाए । उनले क्याडी बीच गल्फ प्रतियोगिता आयोजना गरेर मनाए । २५ जना क्याडी गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

यु १४ तर्फको प्रतिस्पर्धामा अभिषेक विकले ५९ स्कोर गर्दै पुरस्कार थापे । विशाल विक भने ७२ स्कोरसहित उपविजेतामा रहे । त्यस्तै यु १६ तफृको प्रतिस्पर्धामा आशिष विकले ९६ स्कोरसहित प्रथमस्थान हासिल गरे । रोहिल विक भने ११० स्कोरसहित उपविजेता बने ।

१६ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा किशान परियार प्रथम भए । उनले ७४ स्कोर गरे । त्यस्तै सन्सार विकले ७६ स्कोरसहित उपविजेता बने । वियणु विक तेस्रो भए । उनी काउण्ट ब्याकमा तेस्रो स्थानमा आए । विजेता गल्फरलाई बुद्धिमान गुरुङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितासँगै उनले खाना खुवाएर आफनो जन्मदिनको खुशी साटे ।