
पोखरा-कलाकार बुद्धिमान गुरुङले आफनो जन्मदिन क्याडी गल्फरसँग मनाएका छन् । उनले आफनो ७० औं जन्मदिनको अवसरमा पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा मनाए । उनले क्याडी बीच गल्फ प्रतियोगिता आयोजना गरेर मनाए । २५ जना क्याडी गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
यु १४ तर्फको प्रतिस्पर्धामा अभिषेक विकले ५९ स्कोर गर्दै पुरस्कार थापे । विशाल विक भने ७२ स्कोरसहित उपविजेतामा रहे । त्यस्तै यु १६ तफृको प्रतिस्पर्धामा आशिष विकले ९६ स्कोरसहित प्रथमस्थान हासिल गरे । रोहिल विक भने ११० स्कोरसहित उपविजेता बने ।
१६ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा किशान परियार प्रथम भए । उनले ७४ स्कोर गरे । त्यस्तै सन्सार विकले ७६ स्कोरसहित उपविजेता बने । वियणु विक तेस्रो भए । उनी काउण्ट ब्याकमा तेस्रो स्थानमा आए । विजेता गल्फरलाई बुद्धिमान गुरुङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितासँगै उनले खाना खुवाएर आफनो जन्मदिनको खुशी साटे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…