
पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा यही बैशाख २१ गतेदेखि यु -१६ विद्यालयस्तरीय पुरुष क्रिकेट प्रतियोगिता हुदैं छ । यसको लागि कास्की जिल्ला क्रिकेट संघले विद्यालयलाई प्रतियोगिताको सहभागिता जनाउन आवश्यक तयारीमा जुट्न समेत आग्रह गरेको छ ।
विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको लागि आगामी शुक्रबारसम्म टिम दर्ता गरिसक्नुपर्ने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । चार विद्यालय भन्दा कम सहभागिता जनाएको अवस्थामा संघले प्रतियोगिता सञ्चालन नगर्ने समेत उल्लेख गरेको छ । बढी विद्यालयले सहभागिता जनाएको अवस्थामा पोखरा रंगशाला क्रिकेट मैदान र अर्को क्रिकेट मैदानमा खेलाउने समेत जनाएको छ ।
संघले यु १६ विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताबाट जिल्लास्तरीय टोली बनाईने छ । सन २०२५ मा एशियन क्रिकेट काउन्सिलको आयोजनामा हुने एसिसी मेन्स यु १६ इष्टजोन कप २०२५ को सहभागिता जनाउने छ । इष्टजोन कपको लागि नेपाली राष्ट्रिय छनोट गरिने छ । छनोटको पूर्वसन्ध्यामा जिल्लाको टोली तयार हुने संघले जनाएको छ । प्रतियोगिताबाट छनोट गरिएको जिल्ला टोलीले जेठको दोस्रो सातादेखि प्रदेशस्तरीय टोली निर्माण गर्न जिल्लाको प्रतिनिधित्व गर्ने छ ।
प्रतियोगितामा निजी तथा आवासिय एवं सामुदायिक विद्यालयले सहभागिता जनाउन पाउने छ । प्रतियोगितामा १२ वर्ष नपुगेको खेलाडीले सहभागिता जनाउने पाउने छैनन् । उमेर प्रमाणित हुने आवश्यक कागजपत्र पेश गर्नुपर्ने संघले उल्लेख गरेको छ । प्रतियोगितामा विजेता तथा उपविजेत टोलीले ट्रफी पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…