
पोखरा-यही बैशाख २३ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा यु १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । प्रतियोगिताको उदघाटन हावर्ड एकेडेमी विरुद्ध सृजना स्कुलले खेल्ने छ ।
प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाईने छ । शीर्ष दुईले फाईनल खेल्ने छन् । विजेता तथा उपविजेता विद्यालयले ट्रफी पदक तथा प्रमाणपत्र पाउने छन् ।
आगामी जुन (२०२५)मा एशियन क्रिकेट काउन्सिलको आयोजनामा एसिसी मेन्स यु १६ इष्टजोन कप हुने छ । त्यसको पूर्व तयारी स्वरुप कास्की जिल्ला क्रिकेट संघले विद्यालयस्तरीय यु १६ प्रतियोगिता आयोजना गरिएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए ।
प्रतियोगिताको तयारीको लागि आगामी जेठको दोस्रो सातादेखि यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश टोली निर्माण गरिने छ । प्रतियोगिता लगत्तै खेलाडीहरुको प्रशिक्षण शिविर सञ्चालन गरिने समेत संघले जनाएको छ । प्रशिक्षण शिविरबाट कास्कीको टोली तयार गरिने छ ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…